रुन्टीगढी गाउपालिका वडा नं २ लामीडाँडा मा रहेको श्री जनज्योती आधारभुत बिद्यालय को प्रथम बार्षिक उत्सब को उद्घातन कार्यक्रम सम्पन्न





मनोज पुन ,रेडियो होलेरी
फाल्गुन १९
रोल्पा को रुन्टीगढी गाउपालिका वडा नं २ लामीडाँडा मा रहेको श्री जनज्योती आधारभुत बिद्यालय को प्रथम बार्षिक उत्सब को उद्घातन कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालय व्यबस्थापन समितीका अध्यक्ष मेघलाल बस्नेत को सभाध्यक्ष तथा रुन्टीगढी गाँउपालिका का अध्यक्ष बालाराम बुढा को प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न गरिएको हो । यस्तै विशिष्ट अतिथीमा रुन्टीगढी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष पुनाराम पुन , अतिथी हरुमा  १ नं का वडा अध्यक्ष मिन बहादुर थापा , सामुदायिक बन बाट टेक बहादुर बस्नेत ,भुतपुर्ब बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष कबिराम बुढा , जनप्रतिनिधि , राजनितीक दल का प्रमुख तथा प्रतिनिधि , शिक्षक , अभिभाबक, बिद्यार्थी लगायत को उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो ।
बिद्यालय को बार्षिक उत्सव का बिभिन्न कार्यक्रम फाल्गुन २३ गते सम्म सञ्चालन हुने आयोजक ले बताएको छ । बिद्यालय को बार्षिक उत्सव कार्यक्रममा पुरुष खुला भलिबल प्रतियोगिता , महिला भलिबल प्रतियोगिता,आधारभुत तह हाजिरीजवाफ प्रतियोगिता,भाले छोपाइ प्रतियोगिता,घैटाफोर प्रतियोगिता, लगायत का खेल हरु सञ्चालन हुन लागेका बताइएको छ । कार्यक्रम मा बोल्दै नेकपा अध्यक्ष रुन्टीगढी ३ का अध्यक्ष लिला बहादुर पुन लगायत का बक्ता हरुले बिद्यालय क्षेत्र हाम्रो सबैको सम्पती भएको ले र हाम्रो छोरा छोरी ले अध्यन गर्ने ठाँउ भएकोले  यसमा हामी सबैले संरक्षण र सहयोग गर्न तत्पर रहने कुरामा जोड दिनुभएको थियो ।
यस्तै प्रमुख अतिथी रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले यँहाको बालबालिका को भबिष्य र आम जनता को परिबर्तन महसुस को लागी स्थानिय सरकार सदैब तत्पर रहेको कुरामा जोड दिनुभएको छ ।
शिक्षक ज्ञ्यानज्योती घर्ती को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सहजिकरण शिक्षक मनपती बुढाले गर्नुभएको आयोजक ले बताएको छ ।

Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.