जनता तथा कार्यकर्ता भेटघाटको लागि पुर्व सभामुख महरा होलेरीमा ।







मनोज पुन,
रेडियो होलेरी ,फाल्गुन २७

 जनता तथा कार्यकर्र्ता भेटघाट गर्दै पुर्व सभामुख कृष्ण बहादुर महरा रोल्पाको होलेरीमा आउनु भएको छ । विगत देखि जनताको न्यानो माया पाईरहेको र आगामी दिनमा पनि यस्तै साथ र सहयोग पाइरहने कुरा व्यक्त गर्नु भयो । रोल्पाको होलेरीमा रुन्टिगढी गाउँपालिकाले स्वागत गरेको कार्यक्रममा  महराले यस्तो कुरा बताउनु भएको हो ।

विगतका दिनमा विभिन्न षड्यन्त्रमा आफुलाई फसाईएको र यो अवधिमा पनि जनताले साथ दिएको कुरा कहिल्यै नर्विसने र जनताका हक हितका लागि जनता सामु आएको उहाँले बताउनु भएको छ ।  रुन्टिगढी गाउँपालिकाले स्वागत गरेको उक्त कार्यक्रममा रुन्टिगढी गाउँपालिकाका उपाध्यक्ष छमाया पुन, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी जि.एम , रुन्टिगढी गाउँपालिकाका प्रबक्ता जगत वहादुर घर्ती , पाचँ नं. वडा अध्यक्ष याम बहादुर दशौदी, सात नं. वडा अध्यक्ष जंग बहादुर घर्ती, आठ नं. वडाका अध्यक्ष भिम बहादुर पुन, ने.क.पा का गोविन्द पुन,इश्वरी जि.एम लगायतको उपस्थितिमा स्वागत कार्यक्रम सम्पन्न गरिएको हो ।  कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकिय अधिकृत जिरञ्जिवी जि. एमले गर्नु भएको थियो ।


Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.