Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिका ६ अमिले मा चट्याङ प्रभावित बोहरा परिवार लाइ रेडक्रस रोल्पाको सहयोग



मनोज पुन,
होलेरी, ३ चैत

हिजो रोल्पाको रुन्टीगढी गाउँपालिका ६ अमिले मा चट्याङ प्रभावित खिम बहादुर बोहरा र इश्वरी बोहरा लाइ रेडक्रस रोल्पाले होलेरीमा राहत सामाग्री बितरण गरेको छ । रुन्टीगढी रेडक्रस सभापती लक्षिराम थापाको अगुवाइमा राहत सामाग्री बितरण गरिएको छ ।
कार्यक्रममा प्रभावित हरुलाइ गैर खाद्य सामाग्रीहरु बितरण गरिएको बताइएको छ । कार्यक्रममा सभापती लक्षिराम थापा , रेशम बहादुर बुढाथोकी, श्याममणि बि. क., देबेन्द्र बोहरा लगायतको को उपस्थिती मा बितरण कार्यक्रम सम्पन्न गरिएको हो ।


Tags