ने. क. पा. रुन्टीगढी गाउँपालिका रोल्पाले ३ महिने पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध अभियान को उद्घाटन




चैत्र १ गते ,शनिबार
मनोज पुन ,रेडियो होलेरी
नेपाल कम्युनिष्ट पार्टी ने. क. पा. रुन्टीगढी गाउँपालिका रोल्पाले शनिबार एक कार्यक्रमका बिच ३ महिने पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध अभियान को उद्घाटन गरेको छ ।
ने. क. पा. रुन्टीगढी  गाउँपालिका संगठन कमिटीका अध्यक्ष आशाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी ने.क.पा. का पाँच नं. प्रदेश कमिटीका सचिवालय सदस्य कुमार दशौदीले तिन महिने यो अभियानले पार्टी थप मजबुत हुने ठोकुवा गर्दै अभियान सफल पार्न पार्टीका सम्बन्धित वडा तथा गाउँपालिका संगठन कमिटीलाई समेत अनुरोध गर्नु भयो । ने.क.पा. नेतृत्वको स्थानिय , प्रदेश तथा केन्द्रिय सरकारले जनताका हित हुने खालका विभिन्न जनपक्षीय कार्यक्रमहरुबाट अत्तालिएर नेपाली काग्रेसले विभिन्न भ्रमहरु छर्दै गएकाले त्यसको वैचारिक वडा प्रतिवादमा उत्रिन पनि प्रमुख अतिथि दशौदीले कार्यकर्तालाई  निर्देशन दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि ने.क.पा. पाँच नं. प्रदेश सदस्य गोविन्द पुन नजर,रिमा नेपाली,ने.क.पा. रोल्पा जिल्ला सदस्य एवं रुन्टिगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा लगायतका बत्ताहरुले पार्टी एकता पछि बनेको ने.क.पा. को अव सम्पन्न हुन गईरहेको तिन महिने अभियानले गाउँ गाउँमा पुगेर जनताको जन गुनासोलाई टिपोट गरिनुको साथै सम्वद्ध पक्षबाट सम्बोधन समेत गरिने भएकोले ने.क.पा. र जनताको विचमा सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नु  भएको थियो । ने.क.पा. रुन्टिगढी गाउँपालिका संगठन कमिटीका सबै वडाका अगुवा कार्यकर्ता भेला उपस्थिति भएको अभियान उद्घाटन कार्यक्रममा ने.क.पा. रोल्पा जिल्ला सदस्य ज्ञानु पुनले स्वागत मन्तव्य राख्नु भएको थियो भने, कार्यक्रमको सहजिकरण ने.क.पा रुन्टिगढी गाउँपालिका संगठन कमिटीका सचिव जगत बहादुर घर्तीले गर्नु भएको थियो । ।

Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.