Type Here to Get Search Results !

नेकपा रुन्टीगढी वडा नं.९ को दोस्रो पुर्ण बैठक सम्पन्न


मनोज पुन,
होलेरी, ३ चैत

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रुन्टीगढी गाउपालिका वडा नं.९ संगठन कमिटीको दोस्रो पुर्ण बैठक आज सखीको सर्पालमा सम्पन्न भएको छ ।
 ने.क.पा. रुन्टीगढी गाउपालिका वडा नं. ९ संगठन कमिटीका अध्यक्ष खगेन्द्र बुढामगरको अध्यक्षता र नेकपा ५ नं. प्रदेश कमिटीका सदस्य रीमा नेपालीको प्रमुख आतिथ्यतामा भएको बैठकले पाटीले सञ्चालन गरेको ३ महिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियानलाई रुन्टीगढी ९ नं. वडाका सबै टोलहरुमा पार्टी कमिटी तथा जनवर्गीय संगठनहरु यथासीघ्र निर्माण गरिसक्ने तथा पार्टीको सदस्यता नबकिरण कार्यलाई यहि चैत १३ गते सम्म सम्पन्न गरिसक्नुपर्ने पार्टी गाउँपालिकाको सर्कुलर अनुसार टोलटोलमा पुगेर नविकरण गर्ने निर्णय समेत गरेको छ । बैठकले ३ महिने अभियानमा स्थानीय, प्रदेश र केन्द्रिय सरकारले ल्याएका विभिन्न राम्रा कार्यक्रमहरुलाई जनतासमक्ष उपलब्धीका रुपमा लैजानुका साथै जनताका आबश्यकता र गुनासोहरुलाई टिपोट गरेर सम्बधित निकायको ध्यानाकर्षण गराई समाधान समेत खोजिने निर्णय गरेको छ । पार्टीको ३ महिने अभियानलाई ब्यापक रुपमा घरघरमा र टोलटोलमा लैजानको लागि बैठकले वडा कमिटी अध्यक्ष,सचिब, गाउपालिकाका सदस्यहरुको नेतृत्वमा आ आफनो टोलमा नेतृत्व रहने गरी अभियान चलाउने निर्णय गरिएको छ ।
नेकपा रुन्टीगढी वडा नं. ९ वडा संगठन कमिटी सचिब कर्णध्वज चलाउनेको सञ्चालनमा सम्पन्न बैठकमा नेकपा जिल्ला सदस्य तथा रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा, जिल्ला सदस्य तथा पार्टी रुन्टीगढी गाउँपालिका अध्यक्ष आशाराम गुरुङ, नेकपा प्रदेश कमिटीका सदस्यहरु रीमा नेपाली, गोबीन्द पुन नजर, जिल्ला सदस्यहरु ईश्वरी जीएम र गोपाल डाँगी, जगत बहादुर घर्ती, नेकपा रुन्टीगढी गाउँपालिकाका सदस्यहरु लगायतको सहभागीता रहेको थियो । बैठकमा पार्टी एकता तथा स्थानीय सरकार सञ्चालनका सवालमा रहेर बैठकमा उपस्थित प्रदेश जिल्ला तहका नेतासँग पार्टीको गाउँपालिका र वडा संगठन कमिटीका सदस्यहरुबिच अन्र्तक्रिया समेत सम्पन्न गरिएको थियो । बैठकले गएको फागुन २५ गते रुन्टीगढी गाउपालिका वडा नं. १ का नेकपाको कार्यकर्ता तारा केशर पुन र तिला पुनका छोरा १८ वर्षिय गणेश पुनको असामहिक निधन भएकोले हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ ।

Tags