Type Here to Get Search Results !

बुधबार रुन्टीगढी गाँउपालिका ३ अरङ्गखोला रोल्पामा घोराही ,तिर्साङ्ग,सालबाङ्ग,जवाङ्ग र स्वर्गद्वारी जोड्ने मोटर बाटो को उद्घाटन्



मनोज पुन,
होलेरी, ६ चैत
  बुधबार रुन्टीगढी गाँउपालिका ३ अरङ्गखोला रोल्पामा घोराही ,तिर्साङ्ग,सालबाङ्ग,जवाङ्ग र स्वर्गद्वारी जोड्ने मोटर बाटो को उद्घाटन् एक कार्यक्रम का विच सम्पन्न गरिएको छ ।
 ठेकेदार नारायण खड्का को जानकारी अनुसार रुन्टीगढी गाउपालिका को रु १४,२५,०००.को अनुदान मा सम्पन्न भएको उक्त विकास कार्य अन्र्तगत दाङ्ग र रोल्पा को सिमाना रहेको अरङ्गखोलामा मा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ता हरुले  यो सडक दुइ वटा स्थानिय सरकार रुन्टीगढी गाँउपलिका र घोराही उपमहानगरपालिका लाइ जोड्ने छोटो बाटो भएको र यस बाटो बाट रुन्टीगढी गाउँपालिका का ३ र ४ नं वडा तथा घाराही उपमहानगरपालिका १९ नं वडा लगायत का बासिन्दा हरु प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।
स्वागत मन्तब्य दिदै नेपाल तरुण दल का केन्द्रिय प्रतिनिधि पुर्ण बहादुर घर्ती ले स्थानिय सरकार को यो कार्य ले जनता हरु निकै खुसी भएको र यस बाटो लाइ सुचारु गराइराख्न को लागी यस अरङ्गखोलामा पुल को निर्माण नहुदा सम्म करिब ५ वटा होम पाइप को ब्यवस्था को लागी पनी आग्रह गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै अतिथी तथा घोराही उपमहानगरपालिका १९ का वडाअध्यक्ष हर्क बहादुर घर्ती ले यो बाटो निमार्ण गर्दा निकै समस्या पनी भएको र यो बाटो लाइ  जसरी भएपनी सम्पन्न गर्नुपर्छ भनी जनता समक्ष प्रतिबद्वता गरेकोले आज त्यो प्रतिबद्वता पुरा गरेको बताउनुभयो ।
यस्तै प्रमुख अतिथी रुन्टीगढी गाँउपालिका का अध्यक्ष बालाराम बुढा ले देश संघिय संरचना मा गैसकेपछी जनता संग प्रत्यक्ष भेटिने सरकार नै स्थानिय सरकार भएकोले जनता को हरेक बिकास तथा संबृद्वी को लागी रुन्टीगढी गाउँपालिका सधै प्रतिबद्व रहेको बताउनु भएको छ । जनता को खुसी तथा संबृद्वीको लागी यो योजना पनी महत्वपुर्ण भएको र यो सफलता पनी जनता को सफलता भएको उल्लेख गर्नुभएको थियो ।
रुन्टीगढी गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष चन्द्र बहादर घर्ती को सभाध्यक्ष मा 
 सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिका का अध्यक्ष बालाराम बुढा अतिथी हरुमा रुन्टीगढी गाउँपालिका उपाध्यक्ष छमायाँ पुन , घोराही उपमहानगरपालिका १९ का वडा अध्यक्ष हर्क बहादुर घर्ती , रुन्टीगढी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवि जिएम , लेखाअधिकृत झग्गु केसी, लगायत स्थानिय बुद्वीजिवी , संचारकर्मी को उपस्थिती रहेको थियो ।
नेपाल तरुण दल का केन्द्रिय प्रतिनिधि पुर्ण बहादुर घर्ती को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सहजीकरण स्थानिय समाजसेवी मान बहादुर पुन ले गर्नुभएको थियो ।
Tags