Type Here to Get Search Results !

होलेरी को युवा को जन्म दिन, राष्ट्रसेवकहरुलाइ पानी तथा फलफुल वितरण






मनोज पुन ,चैत १५

  रोल्पाको होलेरी मा एक समाज सेवी युवा ले आफ्नो जन्म दिन, राष्ट्रसेवकहरुलाइ पानी तथा फलफुल वितरण गरेर मनाउनु भएको छ । ३८ औ बर्ष पुरा गरेर ३९ औ वसन्त मा प्रवेश गरेको उपलक्ष्यमा रुन्टीगढी ५ निवासी स्थानिय समाजसेवी लेखनाथ सुबेदी ले रोल्पाको होलेरी मा रहेको होलेरी हेल्प डेस्क मा रात दिन सेवामा खट्नु भएका नेपाली सेना , नेपाल प्रहरी , स्वास्थ्य कर्मी लाइ फलफुल बितरण गरी आफ्नो जन्म दिन मनाउनु भएको हो । किन यसरी जन्म दिन मनाउनु भएको हो भन्ने प्रश्न गर्दा ,उहाँले हाटेल वा कुनै ठाउमा जन्म दिन मनाउदा भन्दा आज यसरी मनाउदा साच्चै जन्मदिन मनायको अनुभुती भएको बताउनु भएको छ । हामी जनता का लागी आफ्नो ज्यान लाइ समेत धराप मा राखेर यसरी स्वास्थ्य सेवा तथा सुरक्षा दिने राष्ट्रसेवकहरुलाइ हामी सवै नागरिकहरुले सहयोग गर्नुपर्ने कुरामा समेत उहाँले जोड दिनुभएको छ ।






Tags