Type Here to Get Search Results !

होलेरीमा पन्ध्र सैयाको आइसोलेसन कक्ष र हेल्प डेक्स संचालन ,जिल्ला प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच सुरु



  मनोज पुन,चैत ७
विश्व मा महामारी को रुपमा फैलिएको कोरोना कोभिड १९ भाइरसले हुने सम्भावित महामारी को रोक्न को लागी पुर्व तयारी को रुपमा रुन्टीगढी गाउँपालिका रोल्पाले होलेरी बजार को नजिकै हेल्प डेस्कको स्थापना गरी आगन्तुक हरुलाइ भित्राउने पहल गरिसकेको छ । यस्तै संकास्पद संक्रमित भेटिए रुन्टीगढी ६ मा रहेको नव निर्मीत स्वास्थ्य भवन मा १५ वेडको को आइसोलेसन कक्ष र वडाको हकमा १ वेडको  आइसोलेसन कक्ष को तयारी मा समेत जुटेको गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभएको छ ।
 कोरोना भाइरस को नियन्त्रण को सन्र्दभमा नेपाल सरकारले अपनाउने भनी निर्देशन जारी गरे अनुसार रोल्पाको होलेरी क्षेत्र जिल्लाको प्रवेशद्वार भएको कारण उच्च सर्तकता अपनाउन को लागी जिल्ला प्रशासन कार्यालय रोल्पा,जिल्ला समम्न्वय समिती रोल्पा र स्वास्थ्य कार्यालय रोल्पा संग को समन्वयमा वडा पालिका स्तरिय तथा गाउँपालिका स्तरिय कोरोना भाइरस नियन्त्रण तथा सर्तकता समिती  समेत गठन  भएको छ ।
आइसोलेसन वार्ड र हेल्प डेक्स संचालनका रुन्टिगढी गाउँपालिका भित्रका सबै स्वास्थ्य कर्मीहरुलाइ खटाइएको छ । स्वास्थ्य चेकजाँच संगै जनचेनाका लागि सूचना प्रवाह र जानकारी मूलक पर्चा वितरण गरिएको छ ।
व्यवस्थापनका लागि ईलाका प्रहरी होलेरी, नेपाली सेना र गाउँपालिका अन्तर्गतका नगर प्रहरीलाई पचिालन गरिएको छ ।


Tags