Type Here to Get Search Results !

उद्योग वाणिज्य संघ होलेरीको अगुवाइ मा आक्समिक बैठक सम्पन्न



मनोज पुन ,चैत १२
  रोल्पाको रुन्टीगढी गाउँपालिका होलेरी मा उद्योग वाणिज्य संघ होलेरीको अगुवाइ मा आक्समिक बैठक सम्पन्न भएको छ ।उक्त बैठक मा बिभिन्न होलेरी का वासिन्दा लगायत का लाइ ध्यान राख्दै बिश्व मा महामारी को रुपमा फैलियको कोरोना कोेभिड १९ लाइ मध्यनजर गर्दै दैनिक उपभोग्य वस्तु ,लगायत बिभिन्न महत्वपुर्ण बिषयहरुमा निर्णय गरेको छ ।
कोरोना भाइरस बिश्व मा फैलिरहेको अवस्थामा नेपाल सरकार ले अहिले को समयमा लकडाउन गरेको छ । यस्तो अवस्थामा आफु कसरी हरेक कुरा बाट सुरक्षित रहने भन्ने महत्वपुर्ण रहको छ ।
हिजो को  आकस्मीक बैठकमा रुन्टीगढी गाउँपालिका भित्रका खाद्यवस्तु बिहान ७ देखी ९ बजे र साझ को हकमा ३ देखी ५ बजे भित्र मात्र भिडभाड नहुने गरी बिक्रिवितरण गर्ने ,खाद्यान्न बस्तु व्यबसायी ले साविक को दर मा बिक्रि वितरण गर्नुपर्ने लगायत को बिषयमा निर्णय भएको छ। उल्लेखित बिपरित कार्य गरेमा कानुन बमोजिम कारवाही हुने उल्लेख गरिएको छ ।
बैठक उद्योग बाणिज्य संघ का जिल्ला सदस्य गोविन्द पुन नजर को अध्यक्षता मा र रुन्टीगढी गाँउपालिका अध्यक्ष बालाराम बुढा को प्रमुखआतिथ्यता ,होलेरी ब्यवस्थापन समिती का अध्यक्ष भुपाल बस्नेत ,स्वास्थय संयोजक गणेश बुढा ,पर्यटन फोकल पर्सन दिपक डाँगी , इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक मेघनाथ चाँपागाइ , स्थानिय समावसेवी लेखनाथ सुबेदी ,संचारकर्मी नन्दराम खड्का , ब्यापारी ,बुद्वीजिवी लगायत को उपस्थिती मा उक्त  निर्णय गरिएको बताइएको छ ।