Type Here to Get Search Results !

रुन्टीगढीमा कोरोना को लागी रु तिस लाख कोष को स्थापना हुदै



मनोज पुन ,चैत १५

  रोल्पाको होलेरी मा रुन्टीगढी गाँउपालिका स्तरिय कोरोना भाइरस रोकथाम तथा सर्तकता समितीको बैठक सम्पन्न भएको छ ।
विश्व मा कोरोना भाइरस को महामारी फैलिरहेको समयलाइ मध्यनजर गर्दै रुन्टीगढी लगायत को क्षेत्र लाइ संभावित जोखिम बाट न्युनिकरण गर्न को लागी आवश्यक तयारी र वडा स्तरिय कोरोना भाइरस सचेतना सम्बन्धी कार्यक्रमको जानकारी बारेमा बैठक बसेको हो ।
कार्यक्रममा उपस्थित अतिथीहरुले कोरोेना भाइरस ले बिश्व मा फैलायको मानवीय त्रास , यर्थातता र यसबाट हुने संवाभित जोखिम लाइ मध्यनजर गर्दै आफु, परिवार ,समाज र स्थानिय सरकार ले गरिरहेको र गर्नुपर्ने भुमिकाको बारेमा स्पष्ट पारेको बताइएको छ ।
उपस्थित सम्पुर्ण वडाअध्यक्ष हरुले आआफ्नो वडामा बाहिरी देश बाट आएका नागरिक को बारेमा र उहाँहरुको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
होलेरी हेल्प डेस्क लगायत का स्थान मा लगातार सेवा दिदै आउनु भएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी ज्यु हरु लाइ पनि उहाँहरुको सुरक्षा सहित को सेवा को लागी  रुन्टीगढी स्वास्थ्य शाखा संयोजक गणेश बुढाले आग्रह गर्नु भएको छ ।
अहिले सम्म रुन्टीगढी गाउँपालिका ले कोरोना भाइरसको जोखिम न्युनीकरण  को लागी  रुन्टीगढी को २ ठाउँ मा हेल्प डेस्क संचालन गरेको ,रुन्टीगढी ६ मा आइसोलेसन कक्ष ,र सम्बन्धित ठाउँमा आवश्यक परामर्स तथा रेडियो बाट जनकारी मुलक सन्देश प्रसारण गरिएको रुन्टीगढी गाउँपालिका पर्यटन फोकल पर्सन दिपक डाँगी ले बताउनु भएको छ ।
कोरोनाले विश्व लाइ समेत चुनौती दिएको अवश्थामा रुन्टीगढी गाउँपालिका का जनता  लगायतका का लागी अव सबै मिलेर लाग्नु पर्ने कुरामा रुन्टीगढी गाउँपालिका का अध्यक्ष बालाराम बुढाले जोड दिनुभयो । साथै उहाँले यो परिस्थिती संग सामना गर्न का लागी छित्तै करिब  रु तिस लाख रुपैयाँ को कोष स्थापना गर्न कार्यपालिका लाइ अनुरोध गर्ने कुरा बताउनु भएको  छ ।
 रुन्टीगढी गाउपालिका मा अहिले सम्म करिब ९८ जना  बिदेश बाट नेपाली  नागरिक भित्रियको बताइएको छ । साथै यसै बैठक ले गाउँपालिका स्तरिय टास्कफोर्स निर्माण गर्नका साथै आवश्यक परेको खण्डमा सवारी साधन हरु तयारी अवस्था मा राख्ने समेत निर्णय गरेको छ । 
रुन्टीगढी गाँउपालिका का अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष छमाया पुन, १ नं का वडा अध्यक्ष मिन बहादुर थापा  २नं का वडा अध्यक्ष पुनाराम पुन ३ नं का वडा अध्यक्ष चन्द्र बहादुर घर्ती ,४ नं का वडा अध्यक्ष पारसमणि गिरी , ५ नं का वडा अध्यक्ष याम बहादुर दशौदी  ६ नं का वडा अध्यक्ष जगत बहादुर घर्ती ,७ नं का वडा अध्यक्ष जंग बहादुर घर्ती , ८ नं का वडा अध्यक्ष भिम बहादुर पुन र९ नं  वडा अध्यक्ष नेप बहादुर थापा , उद्योग बाणिज्य संघ का जिल्ला सदस्य गोविन्द पुन नजर ,नेपाल कम्युनिष्ट पाटी ने.क.पा . रुन्टीगढी का अध्यक्ष आशाराम गरुङ्ग ,इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक मेघनाथ चाँपागाइ ,स्वास्थ्य संयोजक गणेश बुढा ,पर्यटन फोकल पर्सन दिपक डाँगी , होलेरी ब्यवस्थापन समिती का अध्यक्ष भुपाल बस्नेत ,संचारकर्मी  एल.बि.मगर ,भुवन थापा ,नन्दराम खड्का को उपस्थिती रहेको थियो ।
कार्यक्रम को सहजीकरण रुन्टीगढी गाँउपालिका स्वास्थ्य शाखा संयोजक गणेश बुढाले गर्नुभएको थियो ।

Tags