Type Here to Get Search Results !

गोल परियोजना को कृषि उद्यमीको लागी व्यवसायिक शिक्षा दोश्रो चरण को प्रशिक्षक प्रशिक्षण तालिम रोल्पाको होलेरीमा सम्पन्




मनोज पुन
रेडियो होलेरी ,फाल्गुन २१
रोल्पाको होलेरीमा रुडास नेपाल अन्र्तगत गोल परियोजना को कृषि उद्यमीको लागी व्यवसायिक शिक्षा दोश्रो चरण को प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

गोल परियोजनाका कार्यकारी प्रमुख सोभाराम डाँगी को सभाध्यक्ष मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा रुन्टीगढी गाँउपालिकाका अध्यक्ष बालाराम बुढा रहनुभएको थियो । यस्तै अतिथी हरुमा रुन्टीगढी गाँउपालिका पशु शाखा प्रमुख श्याममनी बि.क. , रुन्टीगढी गाँउपालिका कृषि शाखा प्रमुख प्रेम बहादुर खत्री, गोल परियोजनाका संकर भट्ट, प्रशिक्षक ज्युहरु लगायत को आतिथ्यता रहेको थियो ।
कार्यक्रम को बारेमा प्रष्ट पार्दै गोल परियोजनाका संकर भट्ट ले कृषि तथा पशुपालन क्षेत्र को सुक्ष्म अध्यन तथा प्रर्बधन र पहिचान गरी यस क्षेत्र लाइ ब्यबसायी मुखी बनाउने मुख्य उद्येश्य रहेको यस कार्यक्रममा २५००÷२६०० जना समुह मा आबद्घ रही काम गरिरहेको बताउनुभएकोे छ ।
करिब ३२ जनाको सहभागीता रहेको उक्त कार्यक्रममा ,सहभागी बक्ता साबली घर्र्ती ले आफु ले ६ दिन को बसाइमा धेरै कुराहरु सिकेको बताउनुभएको छ । आफु ले सिकेका सिप र क्षमता लाइ आफ्नो समुदाय मा लागु गर्ने कुरामा जोड दिनुभएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै सभाध्यक्ष शोभाराम डाँगी ले हामीले कार्यक्रममा सिकाएका र सिकेका सिप ,जागर लाइ आआफ्नो गा्रमिण क्षेत्र मा गएर कृषक समक्ष सिकाएर ब्यबहारमा  लागु गरे यसले ले गाँउपालिका को संबृद्घी मा टेवा पुग्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथी बालाराम बुढाले ६ दिन को सिकाइ क्रियाकलाप परिणाममुखी हुने विश्वास ब्यक्त गर्दै ,जनता को संबृद्घी को लागी स्थानिय सरकार  सदैव प्रतिबद्घ रहने कुरामा जोड दिनुभएको थियो । ६ दिन सम्म संचालन भएको उक्त समापन कार्यक्रमको सहजीकरण गोल परियोजना का बासुदेब पोख्रेल गर्नुभएको थियो ।



Tags