रुन्टीगढी गाउँपालिकाको बैठक सम्पन्न, कोरोना भाइरस जोखिम न्युनीकरण सम्बन्धी बिभिन्न निर्णय हरु पारित






मनोज पुन ,चैत १८

रुन्टीगढी गाउँपालिका को आज बसेको बैठक ले कोरोना भाइरस जोखिम न्युनीकरण सम्बन्धी बिभिन्न निर्णय हरु पारित गरेको छ । केहि दिन पहिले नै रुन्टीगढी गाउँपालिका तथा वडापालिका को पहल मा नेपाली सेना ,नेपाल प्रहरी र स्वास्थ्यकर्मी को सहयोगमा  स्थानिय स्रोत साधन को प्रयोग गरी दुइ ठाउँमा हेल्प डिस्क को स्थापना लगायत रुन्टीगढी ६ मा आइसोलेसन र क्वारेन्टाइन कक्षको व्यबस्था समेत गरिसकेको छ ।
उक्त क्वारेन्टाइन कक्षमा अहिले ९ जना रहेको र क्वारेन्टाइन मा रहदा को लागत खर्च रुन्टीगढी गाउँपालिका ले लिएको बताइएको छ ।
विश्व मा कोरोना को महामारी फैलिरहेको यो समयमा रुन्टीगढी गाउँपालिकाले
मसिना स्वास्थ्य केन्द्रमा १० शैयाको क्वारेन्टाईन कक्ष संचालन गर्ने र उल्लेखित कार्य का लागि खर्च विवरण तथा प्रस्ताव तयार गर्न लगाई कर्मचारीलाई पेश्की दिने समेत निर्णय गरिएको पर्यटन फोकल पर्सन दिपक डाँगी ले बताउनु भएको छ ।
    कोरोना महामारी को यो समयमा यस गाउँपालिका अन्र्तगत कोरोना नियन्त्रण तथा रोकाथाम का लागि खटिने कर्मचारी तथा स्वास्थ्यकर्मीको लागि खाईपाइआएको सुबिधामा अतिरिक्तप्रोत्साहन रकम भुक्तानि दिने तथा केन्द्र सरकार र प्रदेश सरकारकले घोषणा गरे बाहेकअतिरिक्त रु ५ लाख वरावरको जोखिम विमा गर्ने निर्णय गरिएको रुन्टीगढी गाउँपालिका का प्रवक्ता जगत बहादुर घर्ती ले बताउनु भयो ।
 रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा वसेको बैठकले कोरोेना माहामारी रोकथामलाई प्रभावकारी वनाउन यस पालिकाअन्तर्गतका सबै वडाहरुले आफ्नो वडा तथा टोलहरुमा आवागमन रोक्ने ,यस कार्य लाइ प्रभावकारी वनाउन को निम्ती जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरु खटिने,वडा अध्यक्षले वडा पालिकाअन्तर्गतका, श्रोत र साधनको प्रयोग गर्ने , यस्तो अवस्थामा विरामी परेमा वा अन्य कुनै अत्यावश्यक काम परेमा वडा अध्यक्ष, गाउँपालिका र सुरक्षकर्मीको समन्वयमा व्यवस्था मिलाउने ,वडा हरु मा अनिवार्य रुपमा जनचेतनामुलक, नियन्त्रणमूलक , विरामीको उद्दारकार्य गर्ने , सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु लाइ आफ्नो वडा क्षेत्र भित्र घरदैलो गर्ने र यसको व्यवस्था स्वास्थ्य शाखा प्रमखुले गर्ने र यस प्रयोजनका लागि यस अघि वडाहरुबाट विनियोजन भएको चालु, लक्षीत तथा प्रर्वद्धानात्मक कार्यक्रमहरु संसोधन गरी गाउँपालिकामा पेश गर्ने निर्णय समेत गरिएको छ।
साथै आज बसेको बैठकले  यसै रुन्टीगढी गाउँपालिकाअन्र्तगत  वडा नं. ५ सैबाङ मा रुघाखोकी र जरोको प्रकोप देखिएकाले जनप्रतिनिधि, सुरक्षाकर्मी र स्वास्थयकर्मीको संयुक्त टोलि स्थलगत गई जनचेतना फैलाउने, अवस्था बुझ्ने र औषधि वितरण गर्ने निर्णय गरिएको छ ।
लकडाउनको अवधि लम्मिदै गएको अवस्थामा कामै गरेर खाने मज्दुरहरु मर्कामा पर्न सक्ने देखिएकाले त्यस्ता मज्दुरहरुको संख्या एकीन गरी राहतका लागि वडाहरुले तत्काल गाउँपालिकामा पठाउने निर्णय गरिएको छ  ।


Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.