Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिकाको कोरोना सम्बन्धी आकस्मिक बैठक सम्पन्न




मनोज पुन,
होलेरी, ६ चैत
 रुन्टीगढी गाउँपालिकाको कोरोना सम्बन्धी आकस्मिक बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा बसेको सो बैठकमा विश्व मा फैलिरहेको कोभिड १९ ,कोरोना भाइरसको बारेमा ब्यापक छलफल गरिएको छ ।
छलफल मा यस भाइरस को बारेमा कसरी स्थानिय स्तरमा जनचेतना  फैलाउन सकिन्छ र जनता लाइ कसरी सुरक्षित तुल्याउन सकिन्छ भन्ने बिषयमा छलफल भएको बताइएको छ । नेपाल सरकार ले एस इ इ परिक्षा समेत अर्को सुचना जारी नभए सम्म स्थगित गरेको यो अबस्थामा कोभिड १९ ,कोरोना भाइरसको बारे स्थानिय जनता लाइ सचेत बनाउन को लागी रुन्टीगढी गाउपालिकाले स्थानिय संचार माध्याम हरु लाइ जनचेतनामुलक सन्देश प्रवाह गर्न आग्रह गरिसकेको बताइएको छ ।
साथै यस रुन्टीगढी गाउपालिका ले होलेरी रोल्पा नजिकै रहेको पाटलकटेरी भन्ने स्थानमा हेल्प डेस्क स्थापना गर्ने निर्णय गरिएको बताइएको छ ।
उक्त कार्यक्रममा रुन्टीगढी गाउपालिका अध्यक्ष बालाराम बुढा , प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवि जिएम ,पर्यटन फोकल पर्सन दिपक डाँगी ,रुन्टीगढी गाउपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बुढा , शिक्षा शाखा प्रमुख अञ्जु शर्मा , स्रोत व्याक्ती कुलराज आचार्य लगायत को उपस्थिती रहेको थियो ।
Tags