Type Here to Get Search Results !

रुन्टीगढी ६ रोल्पा द्वारा आफ्नो वडामा १६०० मास्क बितरण



मनोज पुन ,चैत १८

आज रुन्टीगढी ६ रोल्पा ले आफ्नो वडामा मास्क बितरण गरेको छ ।
विश्व मा कोभिड १९ कोरोना भाइरस को महामारी फैलिरेको अवस्थामा  आफ्नो वडा मा वडावासी लाइ सुरक्षित तुल्याउन को निम्ती करिव १६०० वटा मास्क साविक वडा का संयमसेविका मार्फत जनता को घरघरमा वितरण गरिएको रुन्टीगढी गाँउपालिका ६ नं का वडा अध्यक्ष जगत बहादुर घर्ती ले बताउनु भएको छ ।
कोरोना भाइरसको संम्भावित जोखिम लाइ न्युनीकरण गर्न यस वडा कार्यालयले आफ्नो वडामा बिभिन्न क्रियाकलाप गर्दै आएको र हिजो पनि जनप्रतिनिधी र सुरक्षाकर्मी को संयुक्त टोली द्वारा कोरोना भाइरस सम्वन्धी जनचेतनामुलक सुचना रुन्टीगढी गाउँपालिका ६ को टोलटोलमा प्रवाह गरेका वडाअध्यक्ष घर्ती ले जानकारी दिनुभएको छ ।


Tags