Type Here to Get Search Results !

रोल्पाको रुन्टीगढी ८ मेलटाकुरा मा १ दिने निशुल्क पशु स्वास्थ्य तथा बाझोपन निबारण शिविर सम्पन्न






मनोज पुन
रेडियो होलेरी ,फाल्गुन २३
रोल्पाको रुन्टीगढी ८ मेलटाकुरा मा १ दिने निशुल्क पशु स्वास्थ्य तथा बाझोपन निबारण शिविर सम्पन्न भएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पा लिबाङ को आयोजना र रुन्टीगढी गाँउपालिका पशु शाखा को समन्वयमा १ दिने निशुल्क पशु स्वास्थ्य तथा बाझोपन निबारण शिबिर को अध्यक्षतामा मा बिज्ञ केन्द्र का पशु स्वास्थ्य प्राबिधिक बेगम ध्वज हमाल रहनु भएको कार्यक्रममा प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिका का प्रबक्ता एबं वडा नं ६ का वडाअध्यक्ष जगत बहादुर घर्ती रहनु भएको थियो ।
कार्यक्रममा उपस्थित अतिथीहरुमा ८ नं का वडा अध्यक्ष भिम बहादुर पुन,वडा सदस्य बलिभद्र राना लगायत को आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी घर्ती ले निर्बाहमुखी व्यवसाय नभएर ब्यवसायमुखी पशुपालन गरी कृषकको जिबनस्तर माथी उठाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा १४० कृषक का ३३४२ वटा पशुपंक्षीहरुलाइ उपचार सेवा प्रदान गरिएको थियो । पशु सेवा प्राविधिक श्याममणी बि.क.को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा उपचारमा संलग्न प्राबिधिक हरु ,निम बहादुर डाँगी ,यज्ञ बहादुर घर्ती , कमल कँडेल रहनु भएको थियो । कार्यक्रमको सहजिकरण पशु सेवा प्राबिधिक निम बहादुर डाँगी ले गर्नु भएको प्राप्त खबरमा उल्लेख गरिएको छ ।

Tags