Type Here to Get Search Results !

रुन्टीगढी गाउपालिका होलेरी मा आधारभुत तह कक्षा ८ उत्तिर्ण परिक्षा सञ्चालन तथा ब्यवस्थापन समिती को बैठक सम्पन्न






फाल्गुन २३
मनोज पुन ,रेडियो होलेरी
रोल्पा को रुन्टीगढी गाउपालिका होलेरी मा आधारभुत तह कक्षा ८ उत्तिर्ण परिक्षा सञ्चालन तथा ब्यवस्थापन समिती को  अर्को बैठक सम्पन्न भएको छ । रुन्टीगढी गाउपालिका का उपाध्यक्ष छमाया को पुन सभाध्यक्ष मा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चिरन्जिबि जि.एम., रुन्टीगढी गाउपालिका का शिक्षा शाखा संयोजक अन्जु शर्मा , स्रोत ब्याक्ती कुलराज आर्चाय शिक्षकहरु जोखराज रोका, केशर बहादुर घर्ती ,टेक बहादुर पुन ,बिष्णु कुमारी घर्ती लगाएत को उपस्थिती मा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा आउदै गरेको गाउपालिका स्तरिय कक्षा ८ को परिक्षा लाइ मर्र्यािदत र ब्यबस्थीत गर्ने बारे ब्यापक छलफल गरिएको बताइएको छ ।
बैठक ले  गाउपालिका स्तरिय कक्षा ८ को परिक्षा को लागी पहिले तोकेको परिक्षा केन्द्र मा परिक्षा गर्ने गराउने नभइ, विश्व मा प्रभाब पारेको कोरोना भाइरस का कारण आआफ्नो बिद्यालयमा परिक्षा गर्ने गराउने निर्णय भएको रुन्टीगढी गाँउपालिकाका शिक्षा शाखा संयोजक अञ्जु शर्मा ले जानकारी दिनुभएको छ ।
साथै रुन्टीगढी गाउँपालिका स्तरिय परिक्षा यहि मिती २०७६ फाल्गुन २७ गते १० बजे बिहान देखी सुरु हुने बताइएको छ । रुन्टीगढी गाउँपालिका स्तरिय परिक्षा को उत्तर पुस्तीका लाइ चैत्र ६ गते सम्म अनिबार्य साबिकको श्रोतकेन्द्र मा प्रयोगात्मक अंक सहित बुझाउन अनुरोध गरेको , रुन्टीगढी गाँउपालिकाका शिक्षा शाखा संयोजक अञ्जु शर्मा ले जानकारी दिनुभएको छ ।


Tags