Type Here to Get Search Results !

स्वर्र्गीय गणेश पुन को १३ औ पुण्डयतिथी , नेपाल कम्युनिष्ट पाटी ने.क.पा ले श्रद्वान्जली सभा



मनोज पुन चैत ८
रेडियो ,होलेरी
  
रोल्पाको रुन्टीगढी १ दिसुन्धारा मा स्वर्र्गीय गणेश पुन को १३ औ पुण्डयतिथी को समयमा नेपाल कम्युनिष्ट पाटी ने.क.पा ले श्रद्वान्जली सभा सम्पन्न गरेको छ ।
स्वर्गीय गणेश पुन ले सिंगो पाटी , संगठन र गाँउ समाज लाइ पुर्याएको योगदान को उच्च कदर गर्दै उहाँले गाँउ समाज प्रति गरेको सकारात्मक कार्य बाट पाठ सिक्नुपर्ने भन्दै प्रमुख अतिथी बालाराम बुढा ले हार्दिक श्रद्वान्जली व्यक्त गर्नुभएको छ । यस्तै शोकसभा मा बोल्ने वक्त्ता हरुले पृथ्वी मा रहने हरेक सजिव प्राणी मा जन्म पछि मृत्यु निश्चित भएको ले बाचुन्जेल सम्म उहाँले जस्तै गाँउ समाज मा राम्रो काम गरेर देखाउने कुरामा जोडदिनुभएको छ ।
नेपाल कम्युनिष्ट पाटी नेकपा रुन्टीगढी १ नं वडा संगठन कमिटीका अध्यक्ष जंग बहादुर वली को सभाध्यक्ष मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा नेपाल कम्युनिष्ट पाटी नेकपा जिल्ला सदस्य एबं रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा ,नेकपा जिल्ला सदस्य योगेन्द्र प्रसाद वली ,रुन्टीगढी १ का वडा अध्यक्ष मिन बहादुर थापा ,रुन्टीगढी ९ का वडाअध्यक्ष नेप बहादुर थापा ,युवा संघ नेपाल रुन्टीगढी का संयोजक मिन बहादुर महरा ,वडा सदस्य गंगा घर्ती ,पुर्ण कवर, अमृता नेपाली पुर्व जनप्रतिनिधी खड्क बहादुर वली लगायत को उपस्थीती शोकसभा सम्पन्न भएको कार्यक्रमको सहजीकरण नेपाल कम्युनिष्ट पाटी नेकपा रुन्टीगढी १ का सचिव बुद्वीमान पुन ले गर्नुभएको थियो ।