लकडाउनको समयमा ग्लोवल आइ.एम.इ.बैङ्क होलेरी ले सेवा दिदै
07:15
मनोज पुन ,चैत १६
देश कोरोना भाइरस को महामारी को कारण लकडाउन को छैठो दिनमा प्रवेश गरेको छ । परिवार ,समाज र देश कोरोनाको संम्भावित जोखिमलाइ न्युनीकरण गर्न लकडाउन गरिएको बताउदै यस्तै जोखिम अवस्थामा मा पनि आफुहरुले अत्यावश्यक सेवा लगायत को सेवाहरु प्रदान गरिरहेको ग्लोवल आइ.एम. इ. बैङ्क शाखा कार्यालय होलेरी का प्रवन्धक राज कुमार थापा ले बताउनु भएको छ ।
लकडाउन को अवस्थामा कुनै पनि व्याक्ती लाई बैङ्ककिङ्ग कारोवार आवश्यक पर्न सक्ने हुनाले ग्लोवल आइ.एम. इ. बैङ्क शाखा कार्यालय होलेरी ले आवश्यक सुरक्षा अपनाई वचत तथा भुक्तानी कारोवार गरिरहेको बताउनुभएको छ ।साथै शाखा प्रवन्धक थापाले यस्तो अवस्थामा सम्पुर्ण नागरिक हरुले पलपलमा आफ्नो व्याक्तीगत सरसफाइ लाइ ध्यान दिनुपर्ने बताउदै ग्लोवल आइ.एम. इ. बैङ्क शाखा कार्यालय होलेरी मा पाल्नुहुने प्रत्येक सेवाग्राहीले आफ्नो र बैङ्क को सुरक्षाको लागी सेनिटराइज को प्रयोग गरिरहेको पनि बताउनु भएको छ ।
अव होलेरीमा पनि यस बैङ्क ले डिजिटल बैङ्ककिङ्ग सेवा प्रोत्साहन गर्नको लागी किउ. आर. कोड २३ वटा होलेरी वजार रोल्पामा समेत वितरण गरिएको अप्रेसन इन्चार्ज धन प्रसाद घर्ती ले बताउनु भएको छ ।
Tags