Type Here to Get Search Results !

रुन्टीगढी टास्कफोर्स, कोरोना संग नया ढंग बाट प्रस्तुत हुदै


मनोज पुन ,चैत २३

हिजो रोल्पाको होलेरी मा रुन्टीगढी गाउपालिका स्तरिय टास्क फोर्स समिती को बैठक सम्पन्न भएको छ । रुन्टीगढी गाउपालिका का अध्यक्ष एबं रुन्टीगढी टास्क फोर्सका संयोजक बालाराम बुढा को अध्यक्षतामा  बैठक सम्पन्न भएको हो ।
बैठकमा, बिश्व कोभिड १९ कोरोेना भाइरस ले लिएको महामारी र यस बाट रुन्टीगढी मा हुने सम्भावित जोखिम लाइ न्युनिकरण गर्न को लागी बिगत मा रुन्टीगढी गाउँपालिका र रुन्टीगढी टास्कफोर्स ले गरेको क्रियाकलाप को समिक्षा गर्दै अव यस कोरोना भाइरस बाट भिड्न को लागी हामी सबै एक भएर लाग्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।
रुन्टीगढी गाउपालिका भित्र बिदेश बाट आएका स्थानियको स्वास्थ्य अबस्था , स्वास्थ्य कर्मी तथा सुरक्षा कर्मी को अवस्था , यसैगरी होलेरी हेल्प डेस्क र रुन्टीगढी ५ को हेल्प डेस्क तथा निर्माण गरिएको आइसोलेसन कक्ष र क्वारेन्टाइन कक्ष को अवस्था को बारेमा जानकारी दिदै अव कोरोना को बारेमा नयाँ ढंग बाट प्रस्तुत हुनुपर्ने रुन्टीगढी स्वास्थ्य शाखा संयोजक गणेश बुढा को भनाइ रहेको थियो ।
रुन्टीगढी टास्कफोर्सको हिजो बसेको बैठकमा कोरोना सम्वन्धी सचेतना कार्यक्रम तथा प्रचारप्रसार लाइ व्यापक बनाउने ,खाद्यान्न लगायत को सामाग्रीको किनमेल को समय,मुल्यसुची,महंगी तथा कालोबजारी ,को अनुगमन गर्ने,ज्याला तथा मजदुरी हरु का लागी वडा पालिकाहरुले गाउँपालिकाको निती बमोजिम वडापालिका हरुले गाउपालिकामा तथ्याङ्क पठाउने , गाउपालिका भित्र  बिदेश बाट प्रवेश गरेका स्थानियको डाटा संकलन तथा तिनीहरुको अबस्थाको बारेमा बुझी आवश्यक परामर्स र स्वास्थ्य सेवाको बारेमा जानकारी  र गाउपालिका भित्र कुनै पनि ब्याक्ती लाइ स्वास्थ्य समस्या आउन सक्ने भएको ले गाउपालिका स्तरिय तथा वडा स्तरिय टास्कफोर्स समीती , जनप्रतिनिधी र राजनितीक दल को फोन नं उपलव्ध गराउने लगायत को निर्णय भएको छ ।
कार्यक्रममा रुन्टीगढी टास्कफोर्स का संयोजक बालाराम बुढा , स्वास्थ्य शाखा संयोजक गणेश बुढा,  नेपाल कम्युनिष्ट पाटी  ने.क.पा. रुन्टीगढी का अध्यक्ष आशाराम गुरुङ्ग , नेपाली कांग्रेस रुन्टीगढी का सभापती जनक पुन , इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक मेघनाथ चापाँगाइ , रुन्टीगढी टास्कफोर्स का सदस्य एल. बि. मगर लगाययत को उपस्थीती मा उक्त बैठक सम्पन्न भएको हो ।
Tags