मनोज पुन ,चैत २८
आज रोल्पाको होलेरी मा एक कार्यक्रमका विच रेडक्रस रोल्पा को शाखा कार्यालय होलेरीले अग्नी पिडितहरु लाइ राहत बितरण गरेको छ ।
आगलागी पिडित रुन्टीगढी गाउँपालिका ३ जवाङ्ग रोल्पाका इन्द्र बहादुर घर्ती को १५ जना परिवार को लागी गैरखाद्य सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा त्रिपाल,डोरी,देक्ची,डाडु पन्यु,कचौडा,थाली,लत्ताकपडा,लगयत को सामाग्री वितरण गरिएको हो ।यसका साथै रुन्टीगढी गाँउपालिका का अध्यक्ष बालाराम बुढा ले उक्त परिवार लाइ २५ के.जी. चामल समेत राहत स्वरुप उपलव्ध गराइएको बताइएको छ ।
गैरखाद्य सामाग्री वितरण कार्यक्रममा रेडक्रस शाखा कार्यालय होलेरी का सभापती लक्षिराम थापा, रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा,इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक मेघनाथ चापागाँइ,रेडक्रस रोल्पा शाखा कार्यालय होलेरी का सचिव श्याममणी वि.क. लगायत को उपस्थिती मा राहत कार्यक्रम सम्पन्न गरिएको हो ।