रुन्टीगढी गाँउ कार्यपालिका को बैठक सम्पन्न ,राहत वितरण को कार्यक्रम सुरु गरिदै


मनोज पुन ,चैत २९
 आज रुन्टीगढी गाँउ कार्यपालिका को बैठक सम्पन्न भएको छ । रुन्टीगढी गाउपालिका का अध्यक्ष बालाराम बुढा को अध्यक्षता मा बैठक सम्पन्न भएको हो ।
कार्यपालिकाको बैठक मा अहिले विश्वमा महामारी को रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरस बाट हुने संभावित जोखिम लाइ कम गर्न रुन्टीगढी गाउपालिका अन्र्तगत का वडा हरुमा मास्क , साबुन , पानी राख्ने डर्म लगायत को सामाग्री वितरण गरिनुका साथै सचेतना मुलक कार्यक्रमहरु गरिएको बताइएको छ ।
 कोरोना भाइरस का कारण नेपाल सरकार ले गरेको लकडाउन का कारण  ९ वटै  वडामा वास्तविक विपन्न परिवार लाइ दैनिकी चलाउन को लागी समस्या भएको भन्दै अव बास्तविक विपन्न परिवार लाइ आबश्यक अनुगमन र मुल्याङ्कन गरी राहत वितरण गरिने बताइएको छ ।
आज भएको रुन्टीगढी गाउकार्यपालिका को बैठक मा रुन्टीगढी गाउपालिका अन्र्तगत का वडाअध्यक्ष हरुले आआफ्नो वडा मा काठमाण्डौ लगायत छिमेकी देश बाट आउने नागरिकको तथ्याङ्क प्रस्तुत गर्दै, तिनीहरु को आवश्यक ब्यवस्थापन को लागी स्थानिय सरकारले क्वारन्टाइन र होम क्वारेन्टाइन को ब्यवस्था गरेको र अव छिमेकी जिल्ला र देश बाट आउने नागरिक को बारेमा पहल गर्न को लागी महत्वपुर्ण भुमिका खेल्ने आशा गर्दै राहत को लागी  विपन्न परिवार को नामावली हरु सिफारिस गरिएको  बताइएको छ ।
बैठक मा बाेल्दै उपाध्यक्ष छमाया पुन ले तिर्साङ्ग अरङ्गखोलाको बाटो बाट मानिस हरु लुकीछिपी आवतजावत गरिरहेको सुचना आएको हँदा त्यसलाइ ब्यवस्थापन गर्न को लागी जरुरी रहेको कुरामा जोड दिनुभएको थियो ।
प्रसंग मा बोल्दै रुन्टीगढी गाउपालिका का अध्यक्ष बालाराम बुढा ले राहत वितरण कार्यक्रम का लागी स्रोत को पहिचान गरी वडाअध्यक्ष बाट आएको सिफारिस लाइ आवश्यक मूल्याङ्कन गरि राहत वितरण गरिने बताउनु भएको छ ।
आज को कार्यपालिकाको बैठक विशेष रुपमा राहत वितरण को सेरोफेरो मा रही यो परिस्थिती संग सामना गर्न को लागी सहयोगी दाता हरुका लागी गाउपालिका को छुट्टै खातामा सहयोग गर्न अपिल गर्ने,राहत वितरण कार्यक्रम रुन्टीगढी गाँउपालिका बाट गर्ने,राहत वितरण को लागी राहत वितरण ब्यबस्थापन समिती गठन गर्ने,लगायतको निर्णयहरु गरेको छ ।
बैठक मा रुन्टीगढी गाउपालिका अध्यक्ष बालाराम बुढा,उपाध्यक्ष छमाया पुन,कार्यपालिका सदस्यहरु लगायत को उपस्थितीमा कार्यपालिका को बैठक सम्पन्न भएको हो ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.