रुन्टीगढी मा क्वारेन्टाइन मा बसेका ६ जना घर फर्कदै

होलेरी समाचारदाता ,चैत ३०

 आज रुन्टीगढी गाँउपालिका ६ सरेचौर मा कोभिड १९ कोरोना भाइरस को कारण रुन्टीगढी गाउपालिकाले संचालन गरेको क्वारेन्टाइनमा रहनु भएका ६ जना घर फर्किनु भएको छ । छिमेकी देश भारत लगायत अन्य देश बाट रुन्टीगढी गाउपालिका का विभिन्न ठाउ मा आउनु भएका ६ जना स्थानिय नागरिक १४ दिन भन्दा बढि क्वारेनटाइन मा बसी आज होम क्वारेन्टाइन बस्नको लागी घर फर्किनु भएको हो ।




घर फर्किने हरुमा रुन्टीगढी गाउपालिका निवासी खिम बहादर डाँगी,राज कुमार वस्याल,श्याम वली ,केशव के.सी.,रीम बहादुर वली र टोपेन्द्र डाँगी रहनुभएको छ ।
घर फर्किदै गर्दा क्वारेन्टाइन मा रहनु भएका रुन्टीगढी निवासी टोपेन्द्र डाँगी ले हामीहरु मात्रै नभइ जो कोही पनि छिमेकी देश भारत लगायत का देश बाट आउनु भएका सम्पुर्ण नेपालीहरु अनिवार्य रुपमा स्वास्थ्यकर्मी को सल्लाहमा क्वारेन्टाइन बस्नुपर्ने भन्दै यो कार्य आफु मात्र नभइ आफ्नो परिवार र समाज को लागी अनिवार्य भएको बताउनु भएको छ ।



 बिदाइ कार्यक्रम मा सहभागी हुनुभएका रुन्टीगढी गाउपालिका का प्रवक्ता एवं ६ नं वडा समिती का अध्यक्ष जगत बहादुर घर्ती ले कोभिड १९ कोरोना भाइरस विरुद्वको यो अभियान लाइ सफल बनाउन सहयोग गर्नु भएको मा सम्पुर्णलाइ धन्यवाद दिदै कोरोना विरुद्व सम्पुर्ण आम नागरिक अनुशाासन रहने कुरामा जोड दिनुभएको छ।
यस्तै कार्यक्रममा बोल्दै रुन्टीगढी गाउपालिका पर्यटन फोकल पर्सन दिपक डाँगी ले क्वारेन्टाइन रहने, भन्ने विषय आफ्नो स्वास्थ्य को विषय भएको हुनाले यसमा लापरवाही गर्न नहुने कुरामा जोड दिनु भएको छ ।
फरक प्रसंग मा बोल्दै नेपाल कम्युनिष्ट पाटी नेकपा प्रदेश ५ का सदस्य गोविन्द पुन नजर ले रोग भन्ने कुरा कहिलेपनि बाजा बजायर नआउने भएकोले कोरोना को बारेमा सम्पुर्ण नागरिक सजक र अनुशासित हुनुपर्ने बताउनु भएको छ ।
घर फर्किनु भएका सम्पुर्ण स्थानिय नागरिक हरु हाम्रै निगरानी मा हुनुभएको भन्दै रुन्टीगढी स्वास्थ्य संयोजक गणेश बुढा ले उहाँ हरु लाइ कोरोना को संकास्पद लक्षण नभएको ले होम क्वारेन्टाइन मा बस्नको लागी आवश्यक परामर्स सहित पठाएको बताउनु भएको छ।
कार्यक्रममा रुन्टीगढी गाउपालिका का प्रवक्ता जगत बहादुर घर्ती , स्वास्थ्य शाखा संयोजक गणेश बुढा,पर्यटन फोकल पर्सन दिपक डाँगी,नेपाल कम्युनिष्ट पाटी ने.क.पा प्रदेश ५ का सदस्य गोविन्द पुन नजर,इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक मेघनाथ चापागाँइ ,होलेरीवजार व्यबस्थापन समिती का अध्यक्ष भुपाल बस्नेत लगायत को उपस्थिती मा विदाइ कार्यक्रम सम्पन्न भएको हो ।             

Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.