Type Here to Get Search Results !

रुन्टीगढी गाउपालिका लाइ स्वास्थ्य सामाग्री हस्तान्तरण


होलेरी समाचारदाता
वैशाख ३

 रुन्टीगढी गाउपालिका होलेरी रोल्पामा अष्ट्रेलियन एड ,आड्रा नेपाल,रुपान्तरण नेपाल र रुडास नेपाल अन्र्तगत कृषि तथा जीविकोपार्जन पर्वद्वन परियोजना  गोल परियोजना ले रुन्टीगढी गाउपालिका होलेरी रोल्पा लाइ एक कार्यक्रम का विच बिभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
विश्व मा महामारी को रुपमा फैलिरेहको कोभिड १९ कोरोना भाइरस मध्यनजर गर्दै गोल परियोजना ले उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।कार्यक्रममा गोल परियोजनाले फिनाइल ४८ वोटल ,स्प्रीड ४८ वोटल,ग्लोव ३०००पिस,सेनिटाइजर ११० एम.एल. को २४ वटा, ५०० एम. एल. को २० वटा,र मास्क ५०० वटा रुन्टीगढी गाउपालिका लाइ  गोल परियोजना का वासुदेव पाख्रेल ले हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रम मा स्वास्थ्य सामाग्री ग्रहण गर्दै रुन्टीगढी गाउपालिका का अध्यक्ष बालाराम बुढा ले कोरोना भाइरस विरुद्व को यो अभियान मा गोल परियोजना ले पनि रुन्टीगढी गाउपालिका लाइ साथ दिएको मा धन्यवाद ब्यक्त गर्दै कोभिड १९ कोरोना भाइरस बिरुद्व सम्पुर्ण आम नागरिक लाइ एक हुन आग्रह गर्दै अनुशासनमा रहन समेत आग्रह गर्नु भएको छ ।
उक्त कार्यक्रममा रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा, रुन्टीगढी स्वास्थ्य संयोजक गणेश बुढा, पर्यटन फोकल पर्सन दिपक डाँगी,होलेरी वजार व्यबस्थापन समिती का अध्यक्ष भुपाल बस्नेत गोल परियोजना का वासुदेव पाख्रेल र संकर भट्ट लगायत को उपस्थिीमा कार्यक्रम सम्पन्न गरिएको हो ।
Tags