कोरोना विरुद्वको अभियान मा लाग्न रुन्टीगढी गाउपालिका अध्यक्षको अपिल


होलेरी समाचारदाता
वैशाख ३

आज रुन्टीगढी गाउँपालिका रोल्पाका अध्यक्ष बालाराम बुढा ले विश्व मा महामारी को रुपमा फैलिएको कोरोना भाइरस को संकट लाइ पार गर्न को लागी विश्व जगत नै लडिरहेको यो अवस्थामा सवै संयन्त्र एकजुट भएर कोरोना विरुद्वको अभियान मा लाग्न अपिल गर्नुभएको छ ।
अपिल मा भनिएको छ ,
विश्वव्यापी महामारीका रुपमा पैलिएको कारोना भाइरस को प्रकोपसँंगै विश्वजगत् नै लडिरहेको र मानव जीवन नै संकटबाट गुजी्ररहेको परिप्रेक्ष्यमा हामी सबै नेपालीहरु पनि यसको प्रभावबाट ग्रसित भएको हामी सबैमा अवगत भएको बताइएको छ ।
यो संकटलाई पार गर्न प्रत्येक व्यक्ति, परिवार राज्यका सबै संयन्त्र एकजुट भएर अभियानमा लाग्न जरुरी छ । कोरोना भाइरसको माहामारीबाट नेपालीलाई बचाउन तिनै तहका सरकारहरु खटिरहेको अबस्था छ । यो अबस्थामा नेपाल सरकारले घोषणा गरेको लक डाउनका कारण सबैको जनजीवन प्रभावित भएको छ । अझ दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने विपन्न परिवारको दैनिकी अझै कष्टकर बनेको छ । यो अवस्थामा विपन्न परिवारको दैनिकीलाई सामान्य अवस्थामा फर्काउन सबै जिम्मेवार नागरिकको उत्तिकै दायित्व रहन्छ ।
यही सामाजिक कल्याणकारी दायित्व पूरा गर्न यस गाउँपालिकाभित्रका सबै वडामा बसोबास गर्ने मजदुर , विपन्न परिवारहरुको तथ्याङ्क संकलन गरी खाद्य सामाग्री वितरण कार्यलाई सुचारु हुन गइरहेको हुँदा इच्छुक व्यक्ति, संघ ,सस्था ,व्याव्सायी ,निजी क्षेत्र, उद्योगीहरुलाई नगद सहयोगका लागि राष्ट्रिय वाणिज्य बैक होलेरीमा रहेको खाता नं. ४३१०३०५०२९२०२ मा र खाद्यान्न सहयोगका लागि यस गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन सार्बजनिक अपिल गरिएको छ ।
यो अबधिमा गाउँपालिकाको यस अभियानलाई सहयोग गर्नुहुने सबै पक्षहरुप्रति रुन्टीगढी सरकारका तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गरेको अपिल मा उल्लेख गरिएको छ।

Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.