Type Here to Get Search Results !

रोल्पाको रुन्टीगढीमा राहत वितरण सुरू


होलेरी समाचारदाता
वैशाख ४

 विश्व मा महामारी को रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिम लाइ न्युनिकरण गर्न को लागी नेपाल सरकार ले अहिले देशभर नै लकडाउन गरेको  छ ।



लकडाउन को यो अवधिमा दैनिक मजदुर गरी खाने नागरिक को लागी भएको समस्या लाइ मध्यनजर गर्दै रुन्टीगढी गाउँपालिका ले आज देखि रुन्टीगढी गाउपालिका को ९ वटै वडा हरु का अति विपन्न परिवार लाइ वडाअध्यक्ष  हरुकोे सिफारिस मा राहत वितरण कार्य शुरु गरिएको रुन्टीगढी गाउपालिका का अध्यक्ष बालाराम बुढा ले जानकारी दिनुभएको छ।

आज ९ वटै वडाहरु का करिव ९० घर विपन्न परिवार लाइ पहिलो चरणमा वितरण गरिएको र प्रति परिवार सदस्य पाँच वर्षको मुनिकोलाइ २ किलो ५ सय ग्राम र पाँच वर्ष माथिकाको लागि ५ किलो चामल वितरण गरिएको रुन्टीगढी गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम. ले बताउनु भएको छ ।
 रुन्टीगढी गाउपालिका मा रहने विपन्न परिवार लाइ एक साताको जोहो गर्न  को लागी प्रति परिवार २५ देखि ३० किलोसम्म चामल, नुन,तेल र दाल वितरण गरिएको बताइएको छ ।
राहत वितरण कार्य भोली पनि जारी रहने बताइएको छ ।


Tags