बिभिन्न ठाँउमा रहेका आफ्ना नागरिक लाइ उद्वार गर्दै रुन्टीगढी गाउँपालिका

   
81222438_996683260710521_8342770691677880320_n.jpg
होलेरी समाचारदाता
वैशाख ५


विश्वमा महामारी को रुपमा फैलिएको कोभिड १९ कोरोना को कारण अहिले नेपाल सरकार ले लकडाउन गरेको यो समयमा खाद्यान्न को समस्या देखि काम को सिलसिला मा देश बाहिर वा देश भित्रै रहेका स्थानिय जनता हरु आफ्नो घर सम्म आउन को लागी समस्या भएको विभिन्न समाचार हरु आएका छन् ।
 यि समस्याहरु लाइ मध्यनजर गर्दै र आफ्नो स्थानिय नागरिक को समस्या को विषय लाइ लिएर रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा द्वारा हस्ताक्षर गरिएको अपिलमा  सञ्चारकर्मी,अधिकारकर्मी, मानवअधिकारवादी संघसंस्था,नागरिक समाज, नीजि क्षेत्र, विभिन्न राजनीतिक दल स्थानीय प्रशासन, गृहमन्त्रालय र जिल्लाबाट प्रतिनीधित्व गर्ने सांसद तथा मन्त्रीहरुलाई सहयोगका लागि सार्वजकि अपिल गरिएको छ ।
कोरोना भाइरस जाखिम न्युनिकरण को लागी हेल्थडेस्क स्थापना गरे संगै यस रुन्टीगढी गाउपालिकाले ,क्वारेन्टाइन कक्ष तथा आइसोलेसन कक्ष निर्माण र अति विपन्न परिवार लाइ राहत वितरण लगायत को काम हरु गरेको र अव मजदुरी गर्न विभिन्न जिल्ला मा पुगेका र वाटो मा विचल्ली परेका स्थानिय नागरिक का लागी उद्वार सहयोग को लागी रोल्पाको रुन्टीगढी गाँउपालिकाले यस्तो घोषणा गरेको हो  अपिल मा भनियको छ ,राजमार्गमा वा श्रम गर्ने स्थानमा अलपत्र परेका यस गाउँपालिका अन्तर्गतका सबै श्रमीकहरुलाई आफ्नो वडाका वडा अध्यक्षज्यूहरु संग सम्पर्क गरी आफ्नो अवस्था आफु रहेको स्थान, उद्योग वा योजनाको नाम र प्रयोग गर्ने मार्गको विस्तृत विवरण जानकारी गराउन यसै अपिल मार्फत अनुरोध गर्दछु । 


अपिल को पुर्ण पाठ .......
कोरोना भाईरस कोभिड १९ को माहामारीका कारण विश्व आक्रान्त भैरहेको सन्दर्भमा नेपाल पनि लामो समय देखि यसको प्रभावमा रहेको छ । संघीय सरकारले माहामारी नियन्त्रण तथा रोकाथामका लागि गत चैत्र ११ गते देखि लकडाउन घोषणा गरेको छ । लकडाउन घोषणाको लामो समय वित्दा सबै भन्दा बढी श्रमीक तथा अति न्यून आय भएका गरिव जनता मर्कामा परेको सबै समक्ष जाहेर छ । यो विषम परिस्थितिमा यस गाउँपालिका भित्र स्थायी वसोवास भएका देशका विभिन्न जिल्लाहरुमा ईट्टाभट्टा तथा अन्य योजनाहरुमा श्रम गर्न पुगेका श्रमीकहरुलाई उद्दार गर्न र उनिहरुलाई सुरक्षीत घर सम्म पु¥याउन स्थानीय सरकाको दायित्व र जिम्मेवारी रहन्छ भन्ने कुरामा हामि स्पस्ट छौं ।
हाजारौं श्रमिक तथा जनताहरु राजमार्गमा कयौं दिन भोकभोकै पैदल यात्रा गरेको कारुणीक तस्वीर तथा भिडीयोहरुले रुन्टीगढी गाउँपालिका सरकारको गम्भिर ध्यान आर्कषण भएको छ ।
यस विषम अवस्थामा राजमार्गमा वा श्रम गर्ने स्थानमा अलपत्र परेका यस गाउँपालिका अन्तर्गतका सबै श्रमीकहरुलाई आफ्नो वडाका वडा अध्यक्षज्यूहरु संग सम्पर्क गरी आफ्नो अवस्था आफु रहेको स्थान, उद्योग वा योजनको नाम र प्रयोग गर्ने मार्गको विस्तृत विवरण जानकारी गराउन यसै अपिल मार्फत अनुरोध गर्दछु । 
यो विषम परिस्थितिमा श्रमिकहरुलाई उद्दार गरी सुरक्षित घर सम्म पु¥याने हाम्रो यो अभियानमा सहयोग गर्न आम संचारकर्मी, मानवअधिकारवदी संघ संस्था, नागरिक समाज, निजी क्षेत्र, भिभिन्न राजनैतिक दलहरु, स्थानीय प्रशासन, विभिन्न स्थानीय सरकार, गृह मन्त्रालय, यस जिल्लाबाट प्रतिनिधित्व गर्नहुने सबै माननीय प्रदेश सांसादज्यूहरु, प्रदेश मन्त्रीज्यूहरु, संघीय सांसदज्यूहरु, संघीय मन्त्रीयज्यूहरु लाई सार्वजनिक अपिल गर्दछु ।
सम्पर्कका लागि मोवाईल नम्बर
श्री बालाराम बुढामगर   अध्यक्ष    ९८५७८५००५५
श्री मिन बहादुर थापा   अध्यक्ष वडा नं. १ ९८१०८६१७७२ , ९८६८७९४५३२
श्री पुनाराम पुन   अध्यक्ष वडा नं. २ ९८६६७४२१३६, ९८१०९१०४३३
श्री चन्द्र बहादुर घर्ती   अध्यक्ष वडा नं. ३ ९८६८९५६७३३
श्री पारषमणी गिरी   अध्यक्ष वडा नं. ४ ९८४४९२३६८९, ९८४८३३६१११
श्री याम बहादुर दशौंदी (राना) अध्यक्ष वडा नं. ५ ९७४८५१७१४३, ९८६६८३९६८२
श्री जगत बहादुर घर्ती   अध्यक्ष वडा नं. ६  ९८६६९२४११२, ९८०९५३५५२९
श्री जंग बहादुर घर्ती   अध्यक्ष वडा नं. ७ ९८०९७६३१५९, ९८६२१०५०३३
श्री भिम बहादुर पुन   अध्यक्ष वडा नं. ८ ९८०९७६५३६९, ९७४८५६७०८९
श्री नेप बहादुर थापा   अध्यक्ष वडा नं. ९ ९७४८५४३९२७, ९८६३२८९८८२
श्री रुन्टीगढी गाउँपालिकाको कार्यालय    ९८५७८२२१८२
                                                                             अध्यक्ष
                                                                        बालाराम बुढा
                                                           रुन्टीगढी गाउँपालिका,होलेरी रोल्पा

Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.