स्थानिय नागरिक रुन्टीगढी भित्रने क्रम जारी स्थानिय सरकार ले व्यवस्थापन गर्दै
18:59
होलेरी समाचारदाता
वैशाख ७
विश्वमा महामारी को रुपमा फैलिएको कोभिड १९ कोरोना को कारण अहिले नेपाल सरकार ले लकडाउन देश भरी नै लकडाउन गरेको छ। यो समयमा काम को सिलसिला मा देश बाहिर वा देश भित्रै रहेका स्थानिय जनता हरु आफ्नो घर सम्म आउन को लागी समस्या भएको विभिन्न समाचार हरु प्राप्त
भएपछी स्थानिय नागरिक को समस्या को विषय लाइ लिएर रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा द्वारा हस्ताक्षर गरिएको अपिलमा सञ्चारकर्मी,अधिकारकर्मी, मानवअधिकारवादी संघसंस्था,नागरिक समाज, नीजि क्षेत्र, विभिन्न राजनीतिक दल स्थानीय प्रशासन, गृहमन्त्रालय र जिल्लाबाट प्रतिनीधित्व गर्ने सांसद तथा मन्त्रीहरुलाई सहयोगका लागि सार्वजकि अपिल गरिएको थियो ।
सार्वजकि अपिल पछी करिव २०६ जना रुन्टीगढी गाउपालिका र त्रिवेणि गाउपालिका का स्थानिय नागरिक हरु भित्रिनु भएको छ ।
रुन्टीगढी गाउपालिका भित्रिएका स्थानिय नागरिक हरुलाई लकडाउन को यो समयमा अहिले ,भित्रिएका वडावासी अनुसार आफ्नो वडामा तोकेको क्वारेन्टाइन मा बस्ने र यसको व्यवस्थापन रुन्टीगढी गाउपालिका,वडा समितीको कार्यालय, स्वास्थ्य कर्मी , सुरक्षा कर्मी ,र सम्वन्धीत वडा का राजनितीक दल ले गर्ने रुन्टीगढी गाउपालिका का अध्यक्ष बालाराम बुढाले बताउनुभएको छ ।
क्वारेन्टाइन को लागी रुन्टीगढी गाउपालिका अन्र्तगत का सम्पुर्ण वडाहरुको बिद्यालय हरु मा व्यवस्थापन गरिएको ,स्थानिय जनता रुन्टीगढी भित्रने र व्यवस्थापन गर्ने क्रम जारी रहेको बताइएको छ ।