Type Here to Get Search Results !

रुन्टीगढी टास्कफोर्सको बैठक सम्पन्न ,कोरोना जाेखिम लाइ कम गर्न सम्पुर्ण मा सहयोग को अपेक्षा


होलेरी समाचारदाता
वैशाख ८

हिजो रुन्टीगढी टास्कफोर्सको बैठक सम्पन्न भएको छ । रुन्टीगढी टास्कफोर्स का संयोजक बालाराम बुढाको अध्यक्षतामा मा बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा विश्व मा महामारी को रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस को जोखिम लाइ न्युनिकरण गर्न को लागी गरिने क्रियाकलाप को बारेमा ब्यापक छलफल भएको छ ।
कार्यक्रममा टास्कफोर्स ले विगत मा गरेको कामकारवाही को बारेमा समिक्षा पनि गरिएको छ ।
हिजो भएको छलफल मा विगत मा भएको काम को समिक्षा गर्दै रुन्टीगढी का विभिन्न वडामा स्थानमा क्वारेन्टाइन मा जम्मा २४२ जना रहेको र थप क्वारेन्टाइन मा आउने क्रम जारी रहेको बताइएको छ ।
 क्वारेनटाइन मा आएका नागरिक कुन ठाउ बाट आएको, कसरी आएको ,भन्ने तथ्याङ्क गाउपालिका को स्वास्थ्य शाखामा  राखिएको समेत गणेश बुढाले बताउनुभयो ।
बैठक मा बोल्ने बक्ताहरुले बजार मा भएको अनुगमन मा दिएको सल्लाह सुझाव लाइ मनन नगरेको , यसले गर्दा जाखिम बढेको,
,पसलमा सेनिटाइजर को प्रयोग नभएको राहत को बारेमा विपन्न परिवार छुटेको हुन सक्ने ,क्वारेन्टाइन मा खाना मा एक रुपता ल्याउनु पर्ने , क्वारेन्टाइन स्थल मा सरसफाइ गर्नु पर्ने ,स्पेसल क्वारेन्टाइन को ब्यबस्था,
क्वारेनटाइन मा बस्नेहरुलाइ निगरानी गर्नुपर्ने ,विदेश बाट आएको नागरिक को हकमा अलि संवेदनसिल हुनुपर्ने,
राहत संकलन गर्ने कुरामा ध्यान दिनुपर्ने ,वडास्तरिय तास्कफोर्स लाइ सक्रिय बनाउने ,
जस्ता सुझाव आयको थियो ।
बैठकमा बोल्दै टास्कफोर्सका संयोजक बालाराम बुढाले अहिले सम्म कोरोना विरुद्व लागी पर्ने सम्पुर्ण लाइ धन्यावाद ब्यक्त गर्दै , जिल्ला वाहिर बाट आएको सवै मजदुर हरु वडा समिती को रोहवरमा क्वारेन्टाइन मा रहेको वताउदै  रुन्टीगढी गाउपालिका बाट राहत ५७६ जना लाइ वितरण  गरिएको बताउनु भएको छ ।
यस स्थानिय तहको नागरिक कहिकतै अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहुन भन्ने अपिल जारी गरिएको र यसले बरिव १५० जना  स्थानिय नागरिक सम्पर्क मा आइ ब्यबस्थापन समेत गरिएको र अझै आउने क्रम जारी रहेको उहाले बताउनु भयो ।
 यसैक्रममा रुन्टीगढीमा गाउपालिकामा १७ जना को  र्यापिड टेस्ट भएको र रिर्पाट पनि नेगेटिभ आएको,उहाले बताउनुभएको छ ।  कोरोना को  जोखिम हुन नदिन को लागी अवका दिन मा यहाँहरु को सुझाव सल्लाह अनुसार जाने भन्दै आगामी दिनमा पनि यहाँहरुको सल्लाह सुझाव को आवश्यक रहेको कुरामा मा जोड दिनुभएको छ ।
बैठकमा ,यातायात का साधन हरु तयारी अवस्थामा राख्ने , स्वास्थ्यकर्मी हरु आवश्यक परेको खण्डमा अन्य ठाउमा परिचालन गर्ने लगायत को विषयमा निर्णयहरु भएको छ ।
बैठक मा रुन्टीगढी गाउपालिका का अध्यक्ष एवं टास्कफोर्सका संयोजक बालाराम बुढा ,उपाध्यक्ष छमायाँ पुन,प्रशासन प्रमुख इश्वरी पाण्डे , स्वास्थ्य शाखा संयोजक गणेश बुढा ,इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक मेघनाथ चापागाइ ,नेपाल कम्युनिष्ट पाटी नेकपा का गोविन्द पुन नजर , नेपाली कांगे्रस रुन्टगिढी का सभापती जनक पुन,पर्यटन फोकल पर्सन दिपक डाँगी ,वडा अध्यक्ष हरु ,४ नं का पारसमणि गिरी , ५ नं का  याम बहादुर दशौदी ,६ नं का जगत बहादुर घर्ती ,७ नं का जंग बहादुर घर्ती, ८ नं का वडा सदस्य वलिभद्र राणा ,एल. वि . मगर ,लगायत को उपस्थिती मा बैठक सम्पन्न भएको छ ।
कार्यक्रम को सहजिकरण रुन्टीगढी गाउपालिका का स्वास्थय शाखा संयोजक गणेश बुढाले गर्नुभएको थियो ।

Tags