वैशाख ९
त्रिवेणी गाउँपालिका रोल्पाको वडा नम्बर ४ अन्तर्गत सामुदायिक बन जुनतारा युवा क्लब, सिद्ध मोरिङ्ग सामुदायिक बन, आमा समूह लगायतको आयोजनामा खास्पाल, जिउला, पोखरी, लाम्पोखरा, चक्री, राम्जाली टोलहरुमा कोरोना भाइरस संक्रमण रोकथामको लागि भनेर २३९ घर धुरिहरुमा प्रती घर संख्या हेरेर ८६८ मास्क र १र१ वटा हात धुने साबुनहरु वितरण गरिएको छ।


यस वडामा देश विदेश बाट आउने र काठमाडौं इट्टा भट्टा बाट आउनेहरुलाई त्रिवेणी गाउँपालिकाको निगालपानी स्थित रहेको हेल्थ डेस्कमा चेकजाँच गरेर ४ नम्बर वडा अन्तर्गत श्री शिद्ध प्राबिको भवन अथवा श्री जनकल्यान मावी सिम्पानी रोल्पाको क्वारेन्टाइन अनिवार्य २१ दिन राखिने निर्णय गरेको छ। यस वडा अन्तर्गत भित्र पर्ने जोकोही बाहिर बाट आई लुकेर बसेको पाइएमा कोरोना रोकथाम समिती र वडा कार्यालय अथवा प्रहरी प्रशासनलाई जानकारी गराई दिनुहुन पनि जोकोहिलाई कोरोना रोकथाम समितीले सबैलाई आग्रह गरेको छ ।