Type Here to Get Search Results !

गोल परियोजनाद्धारा आगलागी पिडितलाई सामग्री वितरण


होलेरी ,
  वैशाख,११

हिजो रुन्टिगढी गाउँपालिका वडा नं ३ मा अष्ट्रेलियन एड्को आर्थिक सहयोगमा आड्रा नेपाल,रुपान्तरण र ग्रामिण विकास तथा चेतना समाज रुडास नेपालको साझेदारीमा सञ्चालित कृषि तथा जीवीकोपार्जन गोल परियोजनाले आगलागि पिडीतलाई राहत सामग्री वितरण गरेको छ । गत चैत २७ मा जवाङ स्थित हिरा घर्ती र वैशाख २ गते लखना स्थित टेक बहादुर पुनको घरमा आगलागि भएको र उक्त आगलागि पिडीतलाई गोल परियोजनाले त्रिपाल,भाडाकुडा,कपडा लगायतको सामग्री हस्तातरण गरेको हो । कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्ष चन्द्र बहादुर घर्ती, गोल परियोजनाका पशु प्राविधिक यज्ञ बहादुर  घर्ती, सामाजिक परिचालक कृष्णा पुरी लगायत वडा सदस्य बुद्धिजिवी उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । ।

Tags