होलेरी समाचार ,
बैशाख,५
विश्व मा महामारी को रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिम लाइ न्युनिकरण गर्न को लागी नेपाल सरकार ले अहिले देशभर नै लकडाउन गरेको यो समयमा दैनिक मजदुर गरी खाने नागरिक को लागी भएको समस्या लाइ मध्यनजर गर्दै रुन्टीगढी गाउँपालिका ले आज पनि रुन्टीगढी गाउपालिका को ९ वटै वडा हरु का अति विपन्न परिवार लाइ वडाअध्यक्ष हरुकोे सिफारिस मा राहत वितरण कार्य जारी रहेको रुन्टीगढी गाउपालिका का अध्यक्ष बालाराम बुढा ले जानकारी दिनुभएको छ।
हिजो ९ वटै वडाहरु का १४२ घरधुरीका विपन्न परिवार लाइ पहिलो चरणमा राहत वितरण गरिएको बताइएको छ ।
रुन्टीगढी गाउपालिका मा रहने विपन्न परिवार लाइ एक साताको जोहो गर्न को लागी प्रति परिवार २५ देखि ३० किलोसम्म चामल, नुन,तेल र दाल वितरण गरिएको जानकारी प्राप्त भएको छ ।।