Type Here to Get Search Results !

रुन्टीगढी गाउपालिकाको पहलमा होलेरीमा करिव ४७४ मजदुर हरुको उद्वार,आज पनि आउने क्रम जारी

मनोज पुन
वैशाख ९

रोल्पाको होलेरी मा हिजो करिव ४७४ मजदुर  हरुको उद्वार गरिएको छ ।
रुन्टीगढी गाउपालिका को सक्रियतामा उक्त मजदुर हरुको उद्वार गरिएको छ ।
कोरोना भाइरस का कारण देशभर भएको लकडाउन को कारण जिल्लाका विभिन्न स्थान बाट मजदुर गरि आएका नागरिक हरु लाइ सवारी साधनहरुले होलेरी सम्म ल्याएर छोडेपछि उनिहरुलाइ समस्या भएको हो । होलेरी भित्रने मा रुन्टीगढी गाउपालिका का ११६ र अन्य,त्रिवेणि,माडी,परिवर्तन,थवाङ्ग,गाउपालिका,रोल्पा नगरपालिका,लगायत  पुर्विरुकुम का नागरिक हरु रहेका थिए ।
मौसम प्रतिकुल र अझै सवारी साधन हरुले होलेरी सम्म मात्रै ल्याउदा उनिहरुलाइ झनै सास्ती भएको हो ।
आज पनि विहानै देखि मजदुर हरु  होलेरी सम्म आउने क्रम जारी रहको र उनिहरु लाइ पनि सम्वन्धित ठाउ सम्म पुर्याउन पहल भैरहेको रुन्टीगढी गाउपालिका सचिवालय प्रमुख दिपक डाँगी ले बताउनु भएको छ ।
रुन्टीगढी गाउपालिका ले ति बाहिरी जिल्ला बाट आयका  रुन्टीगढी गाउपालिकाका ११६ मजदुर हरु लाइ सम्वन्धित वडाको क्वारेन्टाइन मा राखिने बताइएको छ ।तर अन्य गाउपालिका संग समयमै समन्वय हुन नस्कदा अन्य मजदुर हरु करिव ४ घण्टा होलेरी मा रोकिनु परेको हो ।
रुन्टीगढी गाउपालिका का अध्यक्ष बालाराम बुढा , उपाध्यक्ष छमायाँ पुन , स्वास्थ्य शाखाप्रमुख गणेश बुढा, इलाका प्रहरी कार्यालय होलेरी का प्रमुख मेघनाथ चापाँगाइ लगायत सुरक्षाकर्मी ,स्वास्थ्य कर्मी, विभिन्न राजनितिक दल र स्थानिय समाजसेवी को अग्रसरतामा मजदुर का उद्वार गरिएको हो।
मजदुर हरु होलेरी मा ४ घण्टा सम्म रहदा त्यहाका स्थानिय समाजसेवी सुन्दर वि.क., बिक्रम वि.क. आकाश वस्नेत, नवराज बस्नेत , सागर घर्ती , मनोज कँवर, लगायत को टोली ले नास्ता पानी को समेत ब्यवस्था गरेको थियो ।