Type Here to Get Search Results !

रुन्टीगढी गाउपालिका को टास्कफोर्सको आकस्मीक बैठक सम्पन्न

होलेरी समाचारदाता
वैशाख ३

रुन्टीगढी गाउपालिका को टास्कफोर्स को आकस्मीक बैठक रुन्टीगढी गाउपालिका मा सम्पन्न भएको छ ।रुन्टगिढी टास्कफोर्स को संयोजक एवं रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा बिश्वमा महामारी को रुप लिएको कोरोना भाइरस कोभिड १९ को संभावित जोखिम न्युन गर्न को लागी रुन्टीगढी टास्कफोर्स ले आज विभिन्न निर्णय हरु गरेको छ ।
 आज भएको बैठक मा रुन्टीगढी गाउपालिका का ठुला दुइ राजनितीक दल बाट  कोरोना भाइरस को सहयोग का लागी दूइ दूइ वटा स्वयम्सेवक लाइ परिचालन गराउने,होलेरी वजार लगायत का स्थानमा स्थानिय नागरिकको सहजता लाइ ध्यान राखी हप्ताको आइतवार,मंगलवार र शुक्रवार को दिन विहान ७ वजे देखि ९ वजे सम्म र बेलुकी ३ वजे देखि ५ वजे सम्म पसल खुल्ला गर्ने , पसल मा अनिवार्य रुपमा सेनिटाइजर वा सावुन पानी को व्यबस्था गर्नु पर्ने र उक्त ब्यवस्था नगरे प्रचलित नियम अनुसार कारवाही गर्ने समेत निर्णय गरेको छ ।
साथै आज देशको बिभिन्न स्थान वाट  रुन्टीगढी मा आउनुभएका स्थानिय २७ जना नागरिक लाइ चिन्ने खर्क सामुदायिक वन उपभाक्ता समुहको भवनमा क्वारेन्टाइन मा राखिएको बताइएको छ ।
कार्यक्रममा रुन्टीगढी टास्कफोर्स को सम्पुर्ण पदाधिकारी को उपस्थिती मा बैठक सम्पन्न गरिएको हो ।
Tags