होलेरी समाचारदाता
वैशाख १०
रुन्टीगढी गाउकार्यपालिकाको २०७७ साल को पहिलो बैठक सम्पन्न भएको छ । रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठक मा विश्व मा महामारी को रुप लिएको कोरोना भाइरस कोभिड १९ को जोखिम कम गर्न रुन्टीगढी गाउपालिका मा भित्रिइएका स्थानिय नागरिक व्यवस्थापन विषयक केन्द्रीत रहेर छलफल भएको हो ।
स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले कोरोनाले स्वास्थय क्षेत्र मा पारेको प्रभाव र यस गाउपालिका अन्रतगत अहिले सम्म ६२८७ जना होलेरी र दुविडाँडा को हेल्पडेस्क स्वास्थ्य जाँच गरेको र ३९७ जना रुन्टीगढी गाउपालिका को विभिन्न वडा मा क्वारेन्टाइन मा रहेको जानकारी दिनुभएको छ ।
बैठकमा बोल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा ले अहिले को यो विषम परिस्थिती मा स्थानिय नागरिकको लागी क्वारेन्टाइन को ब्यवस्थापन गर्न र जनता प्रति उत्तरदायित्तव भएर लाग्न सम्पुर्ण जनप्रतिनिधिहरु लाइ आग्रह गर्नुभएको छ । बैठक मा क्वारेनटाइन को ब्यवस्थापन,लगायत को विषयमा छलफल भएको थियो ।
रुन्टीगढी गाउपालिकाको अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बसेको बैठकमा ,उपाध्यक्ष छमाया पुन,प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवि जि.एम.सम्पुर्ण कार्यपालिका सदस्य हरु प्रशासन प्रमुख इश्वर राज पाण्डे,लेखा अधिकृत झग्गु के.सी.सचिवालय प्रमुख दिपक डाँगी,स्वास्थ्य शाखा प्रमुख गणेश बुढा लगायत को उपस्थिीति मा बैठक सम्पन्न भएको हो ।
रुन्टीगढी गाउकार्यपालिकाकोे बैठक सम्पन्न,सम्पुर्ण जनप्रतिनिधि क्वारेन्टाइन को ब्यवस्थापन मा लाग्न गाउपालिका अध्यक्ष को आग्रह
19:33
Tags