होलेरी समाचारदाता
वैशाख ११
आज रुन्टीगढी टास्कफोर्स को बैठक सम्पन्न भएको छ ।
विश्व मा महामारी को रुप लिएको कोरोना भाइरस का कारण अहिले स्थानिय नागरिक हरु घर फर्कने क्रम जारी रहेको र फर्किएका हरु लाइ आवश्यक ब्यवस्थापन गर्दै रुन्टीगढी गाँउपालिका का सम्पुर्ण वडाहरु मा क्वारेन्टाइन को ब्यवस्था गरिएको र अव ति क्वारेन्टाइन को अवस्था र भएका समस्या को समाधान को लागी अनुगमन गरिने भएको हो ।
कार्यक्रम उपस्थित हुने सम्पुर्ण टास्कफोर्स का सदस्य हरु ले रुन्टीगढी गाउपालिका अन्र्तगत मा अहिले सम्म भएको क्रियाकलाप को समिक्षा का साथै गर्नुपर्ने काम हरुको सुझाव दिनुभएको थियो ।
टास्कफोर्स का संयोजक बालाराम बुढाले काम गर्ने सन्दर्भ मा हरेक समस्याहरु उत्पन्न हुने र त्यस लाइ समाधान को बाटो तिर जानु पर्ने भन्दै कोरोना पनि एक विश्व को एउटा समस्या भएको भन्दै अव यो समस्या संग भिड्नको लागी सम्पुर्ण जनप्रतिनिधि,राजनितिक दल, सुरक्षाकर्मी,स्वास्थ्य कर्मी,नागरिक समाज, बुद्धिजिवी,स्थानिय आम नागरिक एकजुट भएर लाग्नु पर्ने कुरा मा जोड दिनुभएको छ ।
आज बसेको रुन्टीगढी टास्कफोर्स को बैठक ले क्वारेन्टाइन ब्यवस्थापन,सामाग्री खरिद,राहत संकलन र अनुगमन विषय मा छलफल गरि निर्णय समेत गरेको छ ।
रुन्टीगढी गाउपालिका का अध्यक्ष तथा रुन्टीगढी टास्कफोर्स का संयोेजक बालाराम बुढा को अध्यक्षता मा बसेको बैठकममा उपाध्यक्ष छमाया पुन, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि. एम.,टास्कफोर्सका सम्पुर्ण सदस्यहरु, स्वास्थ्य शाखा संयोजक गणेश बुढा, लगायत को उपस्थिती मा बैठक सम्पन्न भएको हो ।