Type Here to Get Search Results !

त्रिवेणि २ चौरपानी मा पानीको समस्या,




मनोज पुन ,चैत २८

त्रिवेणि गाउँपालिका वडा नं. २ चौरपानी दहवन लगायतको स्थानमा खाने पानीको समस्या भएको छ । तल्ना चिसापानी सौर्य वुहउद्येश्य पानी प्रणाली परियोजना अन्र्तगत निर्माण गरिएको सोलार लिफ्टिङ प्रविधि वाट लिएको पानी नआय पछी त्यहा का स्थानीयहरु समस्यामा परेको वताइएको छ ।
 २०७४ साल मा  कृष्ण बहादुर बोहराका अध्यक्षतामा सम्पन्न भएको सौर्य वहुउद्येश्य पानी प्रणाली सोलार लिफ्टिङ्गमा समस्या आएपछी केहि दिन यता चौरपानी का करिव १९ घर धुरी उक्त पानी प्रयोग गर्नबाट वञ्चित समेत भएको वताइएको छ । १ घर एक धारा रहेको उक्त गाउँमा गत चैत्र २० गते देखि कुनै पनी धारामा पानी नआएको सुनिल वोहरा ले वताउनु भएको छ । दैनिक उपभोग्य रुपमा प्रयोग गरिने पानीको लागी समस्या भएको स्थानमा मर्मत सम्भार समयमै गरिदिन को लागी सम्वन्धित निकाय को ध्यान जान जरुरी देखिएको छ ।
Tags