Type Here to Get Search Results !

रुन्टीगढी गाँउपालिका सुरक्षा र स्वास्थ्य निकाय विच आकस्मिक छलफल सम्पन्न


मनोज पुन ,चैत २८
रुन्टीगढी गाँउपालिका सुरक्षा र स्वास्थ्य निकाय विच आकस्मिक छलफल सम्पन्न भएको छ । रुन्टीगढी गाउपालिका का अध्यक्षतामा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै  रुन्टीगढी गाँउपालिका अध्यक्ष बालाराम बुढाले बिश्व अहिले कोरोना को महामारी को भुमरी मा रहेको यो समयमा स्वास्थ्य निकाय ले गरेको कामकारवाही र काम गर्ने क्रममा भएका समस्या हरुको समाधान को लागी उपाय हरुको बारेमा छलफल गरिएको बताउनु भएको छ ।
छलफल कार्यक्रम मा अहिले वडास्तरमा कोरोना सम्वन्धी क्रियाकलाप को जानकारी दिदै वडाअध्यक्ष हरुले सरकार ले कोरोनाको जोखिम लाइ कम गर्न लगाइएको लकडाउन को वडाहरुको अवस्था को बारेमा जानकारी गराउनु भएको छ ।
रुन्टीगढी गाउँपालिकाले जिल्लाकै पहिलोपटक हेल्पडेस्क स्थापना गरी स्वास्थ्य जाँच को कार्य पनि सुरु गरेको छ । रुन्टीगढी ६ र ४ मा क्वारेन्टाइन पनि संचालन गरेको छ । क्वारेन्टाइनमा रहेका १६ जनामा ३  जना करिब १८ दिन क्वारेन्टाइन मा बसी आबश्यक सल्लाह सहित घर फर्किसकेको बताइएको छ ।
रुन्टीगढी गाँउपालिका को प्राय वडाहरुमा कोरोना भाइरस सम्बन्धी मास्क ,साबुन वितरण कार्यक्रम तथा जनचेतनामुलक कार्यक्रम हरु पनि भैरहेको बताइएको छ ।
कार्यक्रम मा उपस्थित हुनु भएका प्रमुख अतिथी प्रदेश ५ का  सांसद दिपेन्द्र पुन सिजल ले छिमेकी देश हरुमा कोेरोना संक्रमण फैलिएको हुदा हामीहरु उच्च जोखिम मा रहेको बताउदै अव हामी ले आफ्नो आनीबानी मा सुधार र अनुशासन रहनुपर्ने भन्दै अव अति वास्तविक विपन्न परिवार छनौट गरी राहत वितरण कार्य लाइ अगाडी बढाउने कुरामा जोड दिनु भएको छ ।
जवाफमा रुन्टीगढी गाउपालिका अध्यक्ष बुढा ले वडा तह बाट वास्तविक विपन्न परिवार को सिफारिस आयमा राहत वितरण कार्यगर्ने र त्यसको तयारी को सुरुवात गरिसकेको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा गाउपालिका अध्यक्ष बालाराम बुढा , प्रदेश ५ का सांसद दिपेन्द्र पुन सिजल,६ नं का वडअध्यक्ष जगत बहादुर घर्र्ती , ५ नं का वडाअध्यक्ष याम बहादुर दशौदी राणा , नेपाल कम्युनिष्ट पाटी नेकपा प्रदेश ५ सदस्य गोविन्द पुन ,पर्यटन फोकल पर्सन दिपक डाँगी ,स्वास्थ्य शाखा  संयोजक गणेश बुढा ,इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक मेघनाथ चापागाँइ ,रोल्पा जिल्ला पत्रकार महासंघ प्रथम कार्यकाल का अध्यक्ष मानसिंङ्ग वि. क. लगायत को उपस्थिती मा उक्त बैठक सम्पन्न गरिएको हो ।

Tags