रेडक्रस होलेरी द्वारा रुन्टीगढी गाउपालिका लाइ खाद्य तथा स्वास्थ्य सामाग्री हस्तान्तरण
05:56
होलेरी समाचारदाता
वैशाख १९
आज रेडक्रस रोल्पा होलेरी उपशाखा ले रुन्टीगढी गाउपालिकाले स्थापना गरेको खाद्य बैङ्कमा विभिन्न सामाग्री हरु हस्तान्तरण गरेको छ ।
कार्यक्रममा रेडक्रस उपशाखा हालेरी का सभापति लक्षिराम थापा ले ८ वोरा चामल ,सर्जिकल मास्क ५० थान ,सेनिटाइजर २ सेट र व्यान्देज ५ रोल लगायत का सामाग्री हरु गाउपालिकाका अध्यक्ष बालाराम बुढा लाइ हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै रुन्टीगढी गाउपालिका का अध्यक्ष बालाराम बुढा ले कोभिड १९ कोरोना भाइरस कोे कारण भएको लकडाउन को यो समयमा विभिन्न क्षेत्र बाट सहयोग गर्नुहुने सम्पुर्ण लाइ धन्यवाद दिदै रेडक्रस उपशाखा हालेरी ले पनि स्थानिय सरकार लाइ सहयोग गरेको मा धन्यावाद व्यक्त गर्नुभएको थियो ।
साथै ,आजै रोल्पाको होलेरी मा एक कार्यक्रमका विच रेडक्रस रोल्पा को शाखा कार्यालय होलेरीले रुन्टीगढी १ का अग्नी पिडितहरु लाइ राहत बितरण गरेको छ ।
आगलागी पिडित रुन्टीगढी गाउँपालिका १ राम्ली रोल्पाका रुपी डाँगी को लागी गैरखाद्य सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा त्रिपाल,डोरी,देक्ची,डाडु पन्यु,कचौडा,थाली,लत्ताकपडा,लगयत को सामाग्री वितरण गरिएको हो ।
गैरखाद्य सामाग्री वितरण कार्यक्रममा रेडक्रस शाखा कार्यालय होलेरी का सभापती लक्षिराम थापा, रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा, रुन्टीगढी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम.,रेडक्रस रोल्पा शाखा कार्यालय होलेरी का सचिव रेशम बुढाठोकी , कोषाध्यक्ष श्याममणी वि.क., रुन्टीगढी गाउपालिका का पर्यटन फोेकल पर्सन दिपक डाँगी लगायत को उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो ।
Tags