Type Here to Get Search Results !

क्वारेन्टाइनका महिलाहरुलाई महिला मर्यादा सामग्री वितरण

होलेरी, समाचारदाता
    वैशाख,३०

आज रुन्टिगढि गाउँपालिका ७ को सामुदायिक भवन चिन्नेखर्कमा क्वारेन्टाइनमा रहेका ७ जना महिलाहरुलाई महिला मर्यादा सामग्री वितरण गरिएको छ ।  यु एन एफ पि ए रोल्पा, रेडक्रस रोल्पाको सहयोगमा र रुन्टिगढि गाउँपालिकाको समन्वयमा उक्त सामग्री एक कार्यक्रमका विच वितरण गरिएको हो ।
विश्वमा महामारिको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको कारण क्वारेन्टाइनमा बसेका स्थानीय महिलाहरुको सुरक्षा तथा सहजताको लागि उक्त मर्यादा सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै रुन्टिगढि गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले कोरोनाको सम्भावित जोखिमलाई कम गर्न र आफु अनि समाजलाई सुरक्षित तुल्याउन क्वारेन्टाइनमा बसेर सहयोग गरेकोमा स्थानिय क्वारेन्टाइन बासिलाई धन्यबाद व्यक्त गर्दै यस महामारिको जोखिमलाई कम गर्न आफैबाट परिवर्तनको आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो  ।
कार्यक्रममा रुन्टिगढि गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, रुन्टिगढि गाउँपालिकाका प्रवत्ता जगत बहादुर घर्ती, पाचँ नं वडाका वडा अध्यक्ष याम बहादुर दशौदी, सात नं वडाका वडा अध्यक्ष जंग बहादुर घर्ती, रेडक्रस होलेरी उपशाखाका कोषाध्यक्ष श्याममणि विक, रुन्टिगढि स्वास्थ्य संयोजक गणेश बुढाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।