Type Here to Get Search Results !

रुन्टीगढी गाउपालिका स्तरिय कक्षा ८ परिक्षा को नतिजा प्रकाशन

रोल्पा, होलेरी
जेष्ठ १ गते


आज रुन्टीगढी गाउपालिका स्तरिय आधारभुत तह परिक्षा संचालन तथा व्यवस्थापन समिती को बैठक सम्पन्न भएको छ ।
रुन्टीगढी गाउँपालिका का अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा बैठक सम्पन्न गरिएको हो ।
रुन्टीगढी गाउपालिका स्तरिय आधारभुत तह परिक्षा संचालन तथा व्यवस्थापन समिती को बैठक ले गाउपालिका स्तरिय कक्षा ८ परिक्षा को नतिजा आज प्रकाशन गरेको छ ।

बिश्व मा महामारी को रुप लिएको कारोना भाइरस को कारण प्रभावित बनेको रुन्टीगढी गाउपालिका भित्र कक्षा १ देखी ९ सम्म को नतिजा प्रकाशन लाइ मर्या्दित र प्रभावकारी ढंग बाट प्रस्तुत भैसकेको र आधारभुत तहको कक्षा ८ को गाउपालिका स्तरिय परिक्षा को नतिजा प्रकाशन आज प्रकाशन गर्ने तथा नतिजा रुन्टीगढी गाउपालिकाको वेवसाइत मा समेत हेर्न सकिने  बताइएको छ ।
कार्यक्रममा रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा , प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि. एम.,शिक्षा प्रमुख अञ्जु शर्मा , प्रा.स. धन बहादुर डाँगी,समिती का सदस्य हरु जोखराज रोका, केशर बहादुर घर्ती, लगायत को उपस्थिती मा बैठक सम्पन्न भएको हो ।