रोल्पा, होलेरी
वैशाख २२
आज राष्ट्रिय जनमुक्ती पाटी दाङ्ग ले रुन्टीगढी गाउपालिका लाइ स्वास्थ्य सामाग्री हरु हस्तान्तरण गरेको छ ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ती पाटी दाङ्ग का अध्यक्ष जित बहादुर बुढा ले महाविर पुन द्वारा निर्माण गरिएको २ थान पि.पि.इ सेट गाउपालिकाका अध्यक्ष बालाराम बुढा लाइ हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै रुन्टीगढी गाउपालिका का अध्यक्ष बालाराम बुढा ले कोभिड १९ कोरोना भाइरस कोे कारण भएको लकडाउन को यो समयमा विभिन्न क्षेत्र बाट सहयोग गर्नुहुने सम्पुर्ण लाइ धन्यवाद दिदै राष्ट्रिय जनमुक्ती पाटी दाङ्ग ले पनि स्थानिय सरकार लाइ सहयोग गरेको मा धन्यावाद दिदै यस कार्य ले यस क्षेत्रमा कोरोना को संवाभित जोखिम लाइ न्युनीकरण गर्न मा समेत मदत पुग्ने कुरामा जोड दिनुभएको थियो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा राष्ट्रिय जनमुक्ती पाटी दाङ्ग का अध्यक्ष जित बहादुर बुढा, मुक्त बुढा ,रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा, रुन्टीगढी गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम. वडाअध्यक्ष हरु याम बहादुर दशौदी ,जगत बहादुर घर्ती ,नेप बहादुर थापा , स्वास्थ्य शाखा संयोजक गणेश बुढा ,रुन्टीगढी गाउपालिका का पर्यटन फोेकल पर्सन दिपक डाँगी, लगायत को उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो ।
राष्ट्रिय जनमुक्ती पाटी द्वारा रुन्टीगढी गाउपालिका लाइ स्वास्थ्य सामाग्री हस्तान्तरण
09:33
Tags