राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्ग द्वारा रुन्टीगढी गाउपालिका लाइ स्वास्थ्य सामाग्री हस्तान्तरण
07:23
होलेरी समाचारदाता
वैशाख २०
आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्ग ले रुन्टीगढी गाउपालिका लाइ स्वास्थ्य सामाग्री हरु हस्तान्तरण गरेको छ ।
कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्ग का उपकुलपती संगिता भण्डारी ले ५सेट पि.पि.इ,सर्जिकल मास्क लगायत का सामाग्री हरु गाउपालिकाका अध्यक्ष बालाराम बुढा लाइ हस्तान्तरण गर्नु भएको हो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुहुदै उपकुलपती भण्डारी ले स्थानिय सरकार लाइ यसरी सहयोग गर्न पाउदा आफुहरु लाइ निकै खुसी लागेको कुरा बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै रुन्टीगढी गाउपालिका का अध्यक्ष बालाराम बुढा ले कोभिड १९ कोरोना भाइरस कोे कारण भएको लकडाउन को यो समयमा विभिन्न क्षेत्र बाट सहयोग गर्नुहुने सम्पुर्ण लाइ धन्यवाद दिदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्ग ले पनि स्थानिय सरकार लाइ सहयोग गरेको मा धन्यावाद तथा खुसी व्यक्त गर्नुभएको थियो ।
फरक प्रसंगमा वोल्दै नेपाल कम्युनिष्ट पाटी ने.क.पा. प्रदेश ५ का सदस्य कुमार दशौदी ले कोरोना को महामारीको यो समयमा सहयोग आदान प्रदान भएको मा खुसी व्यक्त गर्दै यस कार्य ले यस क्षेत्रमा कोरोना को संवाभित जोखिम लाइ न्युनीकरण गर्न मा समेत मदत पुग्ने कुरामा जोड दिनुभएको थियो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्ग का उपकुलपति संगिता भण्डारी ,रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा, दाङ्ग उद्योग वाणिज्य संघ का अध्यक्ष नारायण भुसाल,राप्ती स्वास्थ्य विज्ञान प्रतिस्थान का डा.प्रलाहद कार्की, रुन्टीगढी गाउपालिका का पर्यटन फोेकल पर्सन दिपक डाँगी,ने.क.पा प्रदेश ५सदस्य कुमार दशौदी , गोविन्द पुन नजर, ने.क.पा. रुन्टीगढी गाउपालिका का अध्यक्ष आशाराम गरुङ्ग लगायत को उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो ।
Tags