महेन्द्र मा.वि होलेरी को वि.व्य.स. ले पायो पुर्णता,अध्यक्ष मा गोविन्द पुन सर्वसम्मत चयन

रोल्पा, होलेरी
जेष्ठ ३

विगत केही महिना देखी विद्यालय ब्यवस्थापन समिती विहिन बनेको श्री महेन्द्र माध्यमिक विद्यालय होलेरी रोल्पाले अहिले विद्यालय ब्यवस्थापन समिती पाएको छ । केहि दिन अगाडी अभिभावक भेला बाट ४ जना सदस्य छनौट गरि पठाएको मा उक्त सदस्यहरुले २ जना सदस्य मनोनित गरी ७ सदस्य बाट सर्वसम्मत गोविन्द पुन लाइ विद्यालय ब्यवस्थापन समितीको अध्यक्षमा सर्वसम्मत चयन गरीएको बताइएको छ ।
अव बिद्यालय को शैक्षिक तथा भौतिक अवस्था लाइ विषेश महत्व दिएर काम गरिने नया अध्यक्ष गोबिन्द पुन ले बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढाले नयाँ सबै बिद्यालय ब्यवस्थापन समिती परिवार लाइ हार्दिक बधाइ  दिदै कार्यकाल को शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।
नया समिती मा अध्यक्ष मा गोविन्द पुन , सदस्यहरुमा तारा डाँगी ,टेकलाल पुन , चन्द्रकला पुन, विष्णु बस्नेत,दिल कुमारी विक र पदेन सदस्य रुन्टीगढी गाउपालिका ७ नं का वडाअध्यक्ष जंग बहादुर घर्ती रहेको बताइएको छ ।
साथै नयाँ बनेको बिद्यालय व्यवस्थापन समिती को हिजो बसेको बैठक ले बिद्यालय मा बिद्यार्थी हरुले विज्ञान विषय को अध्यन गर्ने क्रममा  विज्ञान शैक्षिक सामाग्री को अभाव भएको ले विज्ञान प्रयोगशाला सामाग्री खरिद गर्न को लागी  तारा डाँगी को संयोजकत्तव मा समिती समेत गठन गरेको छ । साथै उक्त काम को लागी ३ सदस्य अनुगमन समिती गठन गरिएको छ ।
कार्यक्रममा रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा, रुन्टीगढी गाउपालिका ७ नं का वडाअध्यक्ष जंग बहादुर घर्ती,ने.क.पा. रुन्टीगढी का अध्यक्ष आशाराम गुरुङ्ग,प्रधानाध्यापक वेद बहादुर शुर्यवंशी लगयत को उपस्थिती रहेको थियो ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.