Type Here to Get Search Results !

रुन्टीगढी गाउपालिकाले मापडण्ड अनुसार को क्वारेन्टाइन निर्माण गर्दै,हप्तामा ६ दिन बैंक खोल्न दिने निर्णय


रोल्पा, होलेरी
२०७७ जेष्ठ १४
रुन्टीगढी गाउकार्यपालिकाको  बैठक मंगलवार सम्पन्न भएको  छ । रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बैठक बसी सम्पन्न गरिएको हो ।
विश्व मा महामारी को रुप लिएको कोरोना भाइरस कोभिड १९ को कारण  अव भारत तथा तेस्रो मुलुक बाट घर फर्किने स्थानिय नागरिक को ब्यवस्थापन बारेमा केन्द्रीत रहेर छलफल भएको हो ।
अहिले को यो विशेष परिस्थीतीमा कोरोनाको जोखिम लाइ न्युनीकरण गर्न को लागी सम्पुर्ण जनप्रतिनिधि ज्यु , स्वास्थ्यकर्मी , सुरक्षाकर्मी ,नागरिक समाज , स्थानिय समाजसेवी लगायत सम्पुर्ण लाइ रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा ले धन्यवाद दिदै , अव का दिनमा कोरोना को विरुद्ध अझै शसक्त भएर लाग्न सवैमा आग्रह गर्नु भएको छ ।
रुन्टीगढी गाउँपालिका मा  कार्यपालिकाको मंगलवार बसेको बैठक मा कोरोना भाइरस को संम्भावित जोखिम लाइ कम गर्न को लागी भारत तथा तेस्रो मुलुक बाट  रुन्टीगढी गाउपालिका भित्रने स्थानिय नागरिक लाइ रुन्टीगढी गाउपालिका भित्र महेन्द्र मा.वि. होलेरी , भिमसेन मा.वि. सैवाङ्ग,उघा ब्योक मसिना ,होलेरी हाटबजार झेनाम,पि.एस.सि.भवन होलेरी,सिल्के पोखरी दुम्फाल लगायत को स्थानमा मापडण्ड अनुसारको क्वारेन्टीन निर्माण गरी ब्यवस्थापन गरिने भएको छ ।
साथै होलेरी मा रहेका बैंक हरुलाइ मानिस को भिडभाड लाइ कम गर्न को लागी हप्ताको ६ दिन आइतवार देखी शुक्रवार विहान १० बजे देखी दिउसो १ बजे सम्म खोल्न दिने समेत निर्णय गरेको छ ।
रुन्टीगढी गाउपालिकाको अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बसेको बैठकमा ,उपाध्यक्ष छमाया पुन,प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवि जि.एम.,सम्पुर्ण कार्यपालिका सदस्य हरु प्रशासन प्रमुख इश्वर राज पाण्डे,लेखा अधिकृत झग्गु के.सी.सचिवालय प्रमुख दिपक डाँगी,लगायत को उपस्थिीति मा बैठक सम्पन्न भएको रुन्टीगढी गाउपालिकाका प्रवक्ता जगत बहादुर घर्ती ले बताउनु भएको छ ।
Tags