रोल्पा, होलेरी
जेष्ठ २
रुन्टीगढी गाउकार्यपालिकाको बैठक विहिवार सम्पन्न भएको छ । रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बैठक सम्पन्न गरिएको हो ।
बैठक मा विश्व मा महामारी को रुप लिएको कोरोना भाइरस कोभिड १९ को कारण रुन्टीगढी गाउँपालिका भित्र भित्रिएका स्थानिय नागरिकको श्रम तथा खाद्यान्न को व्यवस्थापन विषयक केन्द्रीत रहेर छलफल भएको हो ।
बैठकमा बोल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा ले अहिले को यो विषम परिस्थिती मा स्थानिय नागरिकको लागी जनता प्रति उत्तरदायी भएर लाग्न सम्पुर्ण लाइ आग्रह गर्नुभएको छ ।
रुन्टीगढी गाउँपालिका मा विहिवार बसेको बैठक मा कोरोना भाइरस को संम्भावित जोखिम लाइ कम गर्न को लागी रुन्टीगढी गाउपालिका भित्र का मुख्य क्षेत्र हरु मा लकडाउन लाइ कडाइ गर्ने, बिश्व मा कोरोना को महामारी को कारण भएको लकडाउन ले गर्दा अव स्थानिय नागरिक लाइ खाद्यान्न को अभाव हुने कुरा लाइ मध्यनजर गर्दै रुन्टीगढी गाउपालिकाले काम को लागी खाद्यान्न कार्यक्रम समेत अगाडी सारेको छ । जसका लागी हिजो बसेको बैठक ले रुन्टीगढी स्वावलम्वन कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ समेत पारित गरेको छ । कार्यविधि मा अपांगता भएका व्यक्ति को लागी विशेष ब्यवस्था गर्ने,सार्वजनिक पुर्वाधार निर्माण वा अन्य सार्वजनिक योजना मार्फत रोजगारी को सिर्जना गर्ने लगायत को विषयमा रहेको छ ।
रुन्टीगढी गाउपालिकाको अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बसेको बैठकमा ,उपाध्यक्ष छमाया पुन,प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवि जि.एम.,सम्पुर्ण कार्यपालिका सदस्य हरु प्रशासन प्रमुख इश्वर राज पाण्डे,लेखा अधिकृत झग्गु के.सी.सचिवालय प्रमुख दिपक डाँगी,लगायत को उपस्थिीति मा बैठक सम्पन्न भएको रुन्टीगढी गाउपालिकाका प्रवक्ता जगत बहादुर घर्ती ले बताउनु भएको छ ।