Type Here to Get Search Results !

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६७


दाङमा पहिलो पटक तीन जनामा कोरोना संक्रमण देखिएको छ ।  नेपालमा थप ९ जनाको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।