Type Here to Get Search Results !

रुन्टीगढी गाउपालिका ५को क्वारेन्टाइन कक्ष को ब्यवस्थापन कार्य अन्तिम चरणमा






रोल्पा, होलेरी
२०७७ जेष्ठ १८
रुन्टीगढी गाउपालिका ५ नं वडा कार्यालय अन्र्तगत पर्ने श्री भिमसेन माध्यमिक बिद्यालय सैवाङ्ग मा क्वारेनटाइन कक्षको ब्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ ।
 विश्वमा महामारी को रुप लिएको कोभिड १९ कोरोना भाइरस को कारण हुने सम्भावित जोखिम लाइ कम गर्न को लागी रुन्टीगढी गाउपालिका को वडाहरुमा क्वारेन्टाइन कक्ष को व्यवस्था पनि गरिएको छ । विश्वव्यापी रुपमा महामारी को रुप लिएको कोरोना को कारण अहिले भारत तथा तेस्रो मुलुक बाट स्थानिय बासिन्दा हरु आफ्नो ठाउमा फर्कने क्रम जारी रहेको छ ।

यहि भारत तथा अन्य मुलुक वाट आउने स्थानिय नागरिकको लागी सैवाङ्ग मा क्वारेन्टाइन व्यवस्थापन को कार्य अन्तिम चरण मा पुगेको रुन्टीगढी गाउपालिका वडा नं ५ का वडा अध्यक्ष याम बहादुर दशौदी राणा ले बताउनु भएको छ । साथै यस क्वारेनटाइन ब्यवस्थापन को लागी सम्पुर्ण खर्च  रुन्टगिढी गाउपालिका ले गरेको पनि उहाँले बताउनु भयो ।
करिव ७५ जना को क्षमता रहेको उक्त क्वारेन्टाइन कक्ष को लागी आवश्यक पर्ने आधारभुत कुरा ,घेरावार, खानेपानी , शौचालय, बसाइ ब्यवस्थापन, लगायत को कार्य अन्तिम चरण मा पुगेको र भोलि देखी क्वारेन्टाइन मा स्थानिय नागरिक लाइ राखिने बिद्यालय का प्रधानाध्यापक जोखराज रोका ले बताउनु भएको छ ।
आजै नै यसै स्थान मा कोरोना नियन्त्रण तथा सर्तकता समिती को बैठक समेत सम्पन्न भएको छ । अव आफ्नो गाउँ नजिकै को बिद्यालय मा भारत तथा तेस्रो मुलुक बाट आयका स्थानिय नागरिक लाइ क्वारेन्टाइन मा राख्ने भएको हुदा स्थानिय नागरिक ले क्वारेन्टाइन कक्ष को अनुगमन समेत गरिने बताइएको छ । साथै उक्त बैठक ले ग्रामिण क्षेत्र मा आवतजावत मा कडाइ गर्ने र आवतजावत गर्नु परेमा पास को ब्यवस्था गर्ने,गाउँ का भुस्यहा कुकुर तथा बिरालो लाइ नियन्त्रण गर्ने समेत निर्णय गरेको छ ।  कोरोना नियन्त्रण तथा सर्तकता समिती का अध्यक्ष खिमराज दशौदी को अध्यक्षता मा बैठक सम्पन्न गरिएको हो ।