Type Here to Get Search Results !

शिव पार्वती गुफा झेनाम मा क्वारेन्टाइन मा वसेका २४ जना स्थानिय नागरिक लाइ होम क्वारेन्टाइन को लागी घर पठाउदै


रोल्पा, होलेरी

वैशाख २२

 रुन्टीगढी गाउपालिका अन्र्तगत ७ नं. वडामा रहेको शिव पार्वती गुफा मा क्वारेन्टाइन मा वसेका २४ जना स्थानिय नागरिक लाइ होम क्वारेन्टाइन को लागी घर पठाइएको छ ।
देश भित्र का विभिन्न जिल्ला मा विभिन्न काम गर्न का लागी गएका स्थानिय नागरिक बिश्व मा फैलिरहेको कोभिड १९ कोरोना भाइरस को कारण नेपाल सरकार ले गरेको लकडाउन को कारण घर फर्कियका हरु लाइ स्थानिय सरकार रुन्टीगढी गाउपालिका ले विभिन्न सम्वन्धित वडाहरुमा क्वारेन्टाइन मा राखेको थियो । ति क्वारेन्टाइन मा वसेका स्थानिय नागरिक हरु लाइ आबश्यक स्वास्थ्य जाँच तथा परामर्स दिएर होम क्वारेन्टाइन को लागी घर पठाइएको छ।
तर देश वाहिर वाट आएका स्थानिय नागरिक लाइ भने रुन्टीगढी गाउपालिका अन्र्तगत को निगरानी मा करिव २१ दिन सम्म राख्न सकिने रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा ले बताउनु भएको छ ।
 कार्यक्रम मा बोल्दै गाउपालिकाका अध्यक्ष बुढा ले कोरोना नियन्त्रण को यो अभियान मा सहयोग गर्नुभएकोमा सम्पुर्ण क्वारेन्टाइन मा बस्ने स्थानिय नागरिक , जनप्रतिनिधि , राजनितीक दल ,स्वास्थ्य कर्मी,सुरक्षा कर्मी ,समाजसेवी, लाइ धन्यावाद दिनुभएको छ ।
साथै क्वारेन्टाइन मा बस्ने सम्पुर्ण स्थानिय नागरिक लाइ कम्तीमा १ हप्ता होम क्वारेन्टाइन मा बस्न को लागी आग्रह समेत गर्नुृ भएको छ ।
कार्यक्रममा रुन्टीगढी गाउपालिका का अध्यक्ष बालाराम बुढा ,वडा अध्यक्ष  जंग बहादुर घर्ती,स्वास्थ्य कर्मी ,स्थानिय समाजसेवी टेकलाल पुन को उपस्थीती मा कार्यक्रम सम्पन्न भएको हो ।
Tags