Type Here to Get Search Results !

चिन्नेखर्क झेनाम मा क्वारेन्टाइन मा वसेका १७ जना स्थानिय नागरिक लाइ होम क्वारेन्टाइन को लागी घर पठाइयो

रोल्पा, होलेरी
जेष्ठ ३

 रुन्टीगढी गाउपालिका अन्र्तगत ७ नं. वडामा रहेका चिन्नेखर्क सामुदायिक बन को भवनमा क्वारेन्टाइन मा वसेका १७ जना स्थानिय नागरिक लाइ होम क्वारेन्टाइन को लागी शुक्रवार घर पठाइएको छ ।
देश भित्र का विभिन्न जिल्ला मा विभिन्न काम गर्न का लागी गएका स्थानिय नागरिक बिश्व मा फैलिरहेको कोभिड १९ कोरोना भाइरस को कारण नेपाल सरकार ले गरेको लकडाउन को कारण घर फर्कियका हरु लाइ स्थानिय सरकार रुन्टीगढी गाउपालिका ले विभिन्न सम्वन्धित वडाहरुमा क्वारेन्टाइन मा राखेको थियो । ति क्वारेन्टाइन मा वसेका स्थानिय नागरिक हरु लाइ आबश्यक स्वास्थ्य जाँच तथा परामर्स दिएर होम क्वारेन्टाइन को लागी घर पठाइएको छ।
तर भारत तथा  अन्य देश वाट आएका स्थानिय नागरिक लाइ भने रुन्टीगढी गाउपालिका अन्र्तगत को निगरानी मा करिव २१ दिन सम्म क्वारेन्टाइनमा राख्न सकिने रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा ले बताउनु भएको छ ।
 कार्यक्रम मा बोल्दै गाउपालिकाका अध्यक्ष बुढा ले कोरोना नियन्त्रण को यो अभियान मा सहयोग गर्नुभएकोमा सम्पुर्ण क्वारेन्टाइन मा बस्ने स्थानिय नागरिक , जनप्रतिनिधि , राजनितीक दल ,स्वास्थ्य कर्मी,सुरक्षा कर्मी ,समाजसेवी, लाइ धन्यावाद दिदै क्वारेन्टाइन मा बसेका स्थानिय नागरिक लाइ घर गय पछी पनि सुरक्षित तरिकाले घर मा बस्न र कुनै संकास्पद लक्षण देखिय तत्काल नजिकै रहेको स्वास्थ्य चौकी वा जनप्रतिनिधि लाइ जानकारी दिन को लागी आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा रुन्टीगढी गाउपालिका का अध्यक्ष बालाराम बुढा ,वडा अध्यक्ष  जंग बहादुर घर्ती,स्वास्थ्य शाखा प्रमुख गणेश बुढा इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी नायव निरिक्षक नारायण जि.सी.लगायतको उपस्थीती मा कार्यक्रम सम्पन्न भएको हो ।
Tags