‘लकडाउन’को अवधि सातदेखि १० दिनसम्म बढाउन सिफारिस


 कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले ‘लकडाउन’लाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ ।
newsप्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको समितिको २३औं बैठकले अत्यावश्यक सेवा सञ्चालन गर्नेगरी लकडाउनको अवधि बढाउन सुझाव दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति सही भएको ठहर गर्दै अवधि बढाउन सिफारिस गरेको जानकारी दिए ।
स्रोतकाअनुसार लकडाउनको अवधि सातदेखि १० दिन थप्ने तयारी रहेको छ ।
समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी थिए ।
 साभार .. इमेज खबर बाट
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.